धरान । “सानो–सानो सहयोगले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिन्छ”यही भनाइलाई धरान–१० स्थित मेरिल्याण्ड विद्यालयले प्रत्यक्षरूपमा साबित गरेको छ । सह–प्रधानाध्यापक मनोज राई नाम्दुङको पहलमा विद्यालय परिवार तथा विदेशमा रहेका सहयोगी मनहरूले एक असहाय तथा शारीरिक रूपमा अशक्त कृष्ण राईका लागि बस्न योग्य घर निर्माण गरी समाजमा प्रेरणादायी उदाहरण पेश गरेका छन् ।
मनोज राई नाम्दुङको नेतृत्वमा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा सहयोगी व्यक्तिहरूको संयुक्त पहलमा शारीरिक रूपमा अशक्त कृष्ण राईका लागि बनाइएको घर पूर्ण रूपमा तयार भएको हो । श्रीमतिले छोडेर गएपछि आफ्ना दुई छोरा सहित कष्टकर जीवन व्यतित गर्दै आएका कृष्णको बसोबास र दैनिक जीवन सहज बनाउन उद्देश्य सहित सहयोग संकलन गरिएको थियो ।
यस सामाजिक अभियानमा शारदा राई, दिपा राई, हिमाल राई, ज्योति राई, मनोज राई, शिखर राई लगायतका व्यक्तिहरू सक्रिय रहँदा, स्व. दलबहादुर मगरको स्मृतिमा समेत सहयोग जुटाइएको थियो । साथै विद्यालयका विद्यार्थी, अभिभावक, धरान–१२ का बाबा फर्निसिङ, न्यु मारुती, द्वारिका पुस्तक पसल लगायतका संस्थाहरूले महत्वपूर्ण सहयोग र योगदान गरे । विद्यार्थीहरूले घर निर्माणमा श्रमदानसमेत गरेका थिए ।
केराबारी गाउँपालिका–५ मा बनेको घर निर्माणको कुल लागत १ लाख १९ हजार रुपैयाँ पुगेको विद्यालयले जनाएको छ ।
समाजमा सकारात्मक सोच र जिम्मेवारीबोध विकसित गर्न मेरिल्याण्ड स्कूलले विगत १५ वर्षदेखि ‘दि विकन’ नामक बाल क्लब सञ्चालन गर्दै आएको छ । यही क्लबलाई सामाजिक सेवा र जनसहभागितामा सक्रिय बनाउँदै आएको सह–प्रधानाध्यापक मनोज राईले बताउनुभयो ।
विद्यार्थीहरूमा सानै उमेरदेखि मानवीयता र सहयोगी भावना विकसित गर्न सके समाज परिवर्तनको आधार तयार हुन्छ भन्दै विद्यालयका प्रिन्सिपल मुघाधन राईले यस पहललाई अत्यन्तै सराहनीय बताउनुभयो । उहाँले समृद्ध मानिने धरान सहरको सीमानामा पर्ने मोरङको केराबारीमा बसोबास गर्ने यस्तो परिवारलाई सहयोग गर्दा विद्यार्थीको सोचमा समेत सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।
घर निर्माण कार्य सम्पन्न भएपछि केराबारी गाउँपालिका–५ का वडाध्यक्ष अजय लिम्बुले विद्यालय परिवार तथा सहयोगी दाताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
असहाय बनेर जीवनयापन गर्दै आएका कृष्ण राईले आफू र छोराहरूका लागि नयाँ आश्रय तयार गरिदिएर सहयोगी हातहरूले जीवनमा फेरि उज्यालो भरिदिएको बताउँदै भावुक बन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
साना–साना सहयोग र मनकारी हातहरू एक ठाउँमा जुटेमा समाजका कठिन समस्या समाधान गर्न सकिन्छ भन्ने प्रेरणादायी उदाहरण मेरिल्याण्ड विद्यालयका शिक्षक, विद्यार्थी तथा सहयोगी समुदायले प्रस्तुत गरेका छन् । यस प्रयासले मानवता जिउँदो छ र समूहिकताले असम्भवजस्तै देखिने कार्य पनि सम्भव छ भन्ने सन्देश सम्पूर्ण समाजमा प्रवाह गरेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।