धरान, फागुन ११ — समाजसेवा र मानवियताको उदाहरण प्रस्तुत गर्दै रोटरी क्लब अफ धरानको आयोजनामा आज धरानको भानुचोकमा खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
क्लबका अध्यक्ष फिरोज कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुनसरीका सभापति श्री उमेश थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।
नेपाल रेडक्रस सोसाइटी सुनसरी ब्लड बैंक को प्राविधिक सहयोगमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमबाट कुल ३८ पिन्ट रगत संकलन भएको क्लबका अध्यक्ष फिरोज श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार संकलित रगत जिल्लाभर आपतकालीन अवस्थाका बिरामीहरूको उपचारमा उपयोग गरिनेछ।
कार्यक्रमले समाजमा बढ्दो रगत अभावलाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।
रक्तदान जीवनदान हो भन्ने सन्देश प्रवाह गर्दै सम्पन्न भएको यस कार्यक्रमले धरानमा सकारात्मक सामाजिक चेतना अभिवृद्धि गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।