one
विज्ञापन

१०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ , लागू औषध सहित ४ जना पक्राउ , २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जना पक्राउ

Article Image
Article Image
Article Image

मोरङ,
मोरङको जहदा गाउँपालिका–१ भुटाहा चोकबाट १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जहदा गाउँपालिका–२ का १९ बर्षीय प्रवेश कुमार राजवंशी रहेका छन् । कार्तिक १५ गते दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेको पैदल यात्री राजवंशीलाई चेकजाँच गर्दा निजको साथबाट र घरबाट समेत गरी १०० ग्राम ८०० मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १५ गते सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट ईनरुवा बसपार्कले पैदल यात्री उदयपुरको बेलका–४ का नबिन राई र सुनिल राईलाई १७ ग्राम ३५ मिलिग्राम ब्राउन सुगर सहित र मोरङको सुन्दरहरैचा नगरपालिका–१२ बाट इलाका प्रहरी कार्यालय बेलबारीले सोहि स्थानका दिपक खवासलाई १९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । झापाको शिवसताक्षी नगरपालिका–९ यलम्बर चोकबाट सोहि स्थानका बादल भन्ने हेन्जिङ जबेगूलाई इलाका प्रहरी कार्यालय झिलझिलेले १ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सुनसरीको धरान उप–महानगरपालिका–२० च्यान डाँडाबाट २ राउण्ड हावाई फायर गरी लागू औषध गाँजा बेचबिखनमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कार्तिक १६ गते बिहान ३ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीलाई बा. १ च ५०३८ र को. १ च ८१८२ नम्बरको स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको समुहले प्रहरीलाई देख्नसाथ भाग्न खोजे पछी प्रहरीले पेस्तोलबाट २ राउण्ड हावाई फायर गरी चालक सप्तरी डाक्नेश्वरी नगरपालिका–१० का २४ बर्षीय रामसागर कुमार यादव, छिन्नमस्ता गाउँपालिका–६ का ५९ बर्षीय राज कुमार साह, राजगढ गाउँपालिका–१ का ४५ बर्षीय राजेन्द्र प्रसाद मण्डल, धरान–११ का २१ बर्षीय अमृत बिशुङखे र भारत बिहारका ३८ बर्षीय सन्तोष ठाकुरलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको उक्त गाडीबाट २०९ किलो ४२ ग्राम गाँजा बरामद भएको छ भने बेचबिखानमा संलग्न पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
6
विज्ञापन
2
विज्ञापन