one
विज्ञापन

धरानबाट आधिकारिक रुपमा बी न्युज नेपाल अनलाइन समाचारको कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले एक विशेष समारोहका बीच उद्घाटन

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरानबाट आधिकारिक रुपमा बी न्युज नेपाल अनलाइन समाचारको उद्घाटन भएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले एक विशेष समारोहका बीच यस अनलाइन पोर्टलको समुद्घाटन गर्नुभएको हो ।

उद्घाटनका अवसरमा बोल्दै अग्रज पत्रकार हर्ष सुब्बाले पछिल्लो समय सञ्चार माध्यमहरूको संख्या बढे पनि गुणस्तरीय, तथ्यपरक र उत्तरदायी पत्रकारिताको खाँचो अझै टड्कारो रूपमा महसुस भइरहेको बताउनुभयो । धरान जस्तो ऐतिहासिक सहरमा नयाँ अनलाइन सञ्चार माध्यमको आगमनले स्थानीय मुद्दाहरूलाई सशक्त ढंगले उठाउने अपेक्षा गर्र्दै विश्वसनीयता जोगाउन सञ्चारकर्मीहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

यस्तै, धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले सञ्चार माध्यमले सरकार र जनताबीच पुलको काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सूचना प्रवाहमा पारदर्शिता, सुशासनको प्रवद्र्धन र रचनात्मक आलोचनालाई प्राथमिकता दिन आग्रह गर्नुभयो । धरानको विकास, सुशासन र जनचासोका विषयमा सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्न धारणा राख्नुभयो ।

बी न्युज नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनय प्रधानले ‘निरन्तर तपाईंको साथमा’ भन्ने नाराका साथ अनलाइन पोर्टलको औपचारिक सुरुवात गरिएको जानकारी दिनुभयो । उहाँले सञ्चार माध्यमको अभाव भन्दा पनि विश्वसनीय समाचारको खोजी बढिरहेको अवस्थामा आफूहरूले सत्य, तथ्य र छिटो सूचना सम्प्रेषण गर्ने लक्ष्य सहित यात्रा सुरु गरेको बताउनु भयो ।

दन्तकाली मिडिया प्रालिद्वारा सञ्चालित उक्त पोर्टलको उदघाटन कार्यक्रममा सारा फाउन्डेसनका अध्यक्ष वीरेन्द्र थापा, समाजसेवी पितरुमल अग्रवाल, बीपी कोइराला स्वामस्थ्य बिज्ञान प्रतिष्ठानका प्याथोलोजीबिभागका एसोसिएट प्रोफेसर डा.मोना दाहाल लगायत धरानका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । समारोहमा वक्ताहरूले पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट सूचना, राजनीतिक तथा व्यावसायिक दबाबजस्ता चुनौतीले पत्रकारिताको विश्वसनीयतामाथि प्रश्न उठाइरहेको उल्लेख गर्दै तथ्यपरक, निष्पक्ष र उत्तरदायी पत्रकारिताको आवश्यकता झन् बढेको धारणा राखेका थिए ।
बी न्युज नेपालका प्रधान सम्पादक डा. राजेन्द्र प्रसाद पोखरेल, कार्यकारी सम्पादक गोविन्द बस्नेतसहितको सम्पादकीय टोलीले गुणस्तरीय सामग्री उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ । सञ्चालक संस्था दन्तकाली मिडिया प्रालिले धरान र आसपासका क्षेत्रका विकास, सुशासन, सामाजिक सरोकार र जनचासोका विषयलाई प्राथमिकतामा राख्दै विश्वसनीय अनलाइन पत्रकारिताको अभ्यास गर्ने जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन