one
विज्ञापन

नेपाल मेडिकल काउन्सिलको २०८२–२०८६ कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया धरान ।

Article Image
Article Image
Article Image
Article Image

नेपाल मेडिकल काउन्सिलको २०८२–२०८६ कार्यकालका लागि नेतृत्व चयन प्रक्रिया तीव्र बनेको छ । निर्वाचन तालिकाअनुसार उपत्यका बाहिर पुष ४ र ५ गते तथा उपत्यकाभित्र पौष ११ र १२ गते मतदान हुनेछ ।
काउन्सिलको केन्द्रीय निर्वाचनमा १ उपाध्यक्ष पदका लागि ३ जना र ८ सदस्य पदका लागि ३३ जना उम्मेदवार मैदानमा छन् । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्वाचन अधिकृत डा. बालकृष्ण भट्टराईका अनुसार निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ ।
निर्वाचनमा सहभागी उम्मेदवारहरूले चिकित्सा क्षेत्रलाई अझ मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । धरानबाट सदस्य पदका उम्मेदवार डा. निशान भट्टराईले काउन्सिलको नियम र परिधिभित्र रहेर काम गर्ने बताउनुभएको छ भने अर्का उम्मेदवार डा. बुद्धिनाथ साहले समन्वयकारी भूमिकालाई प्राथमिकता दिने बताउनुभएको छ ।
नेपाल मेडिकल काउन्सिल नेपाल मेडिकल काउन्सिल ऐन, २०२० अन्तर्गत स्थापना भएको संस्था हो । काउन्सिलमा अध्यक्षको निर्वाचन हुँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा वरिष्ठ चिकित्सकलाई अध्यक्षमा नियुक्त गरिन्छ । हाल नाक–कान–घाँटी रोग विशेषज्ञ तथा विभिन्न स्वास्थ्य संस्थामा नेतृत्व गरिसक्नुभएका डा. चोपलाल भुसाल काउन्सिलका अध्यक्ष हुनुहुन्छ ।
काउन्सिलले चिकित्सक दर्ता, लाइसेन्स परीक्षा सञ्चालन, विदेशी डिग्रीको मूल्यांकन, आचारसंहिता कार्यान्वयन तथा चिकित्सा क्षेत्रमा देखिने लापरबाहीमा कारबाही गर्ने अधिकार राख्दै आएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन