one
विज्ञापन

विश्वप्रकाश शर्मा सहितका नेताहरूले सुनसरी क्षेत्र नं. १ मा काँग्रेसलाई विजयी गराउन आह्वान

Article Image

जेनजी आन्दोलनको मर्मलाई आत्मसात गर्दै विशेष महाधिवेशनपछि नेपाली काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा अगाडि सारेको सन्देशसहित आसन्न प्रतिनिधिसभा निर्वाचन लक्षित चुनावी माहोल तताउन पार्टीका शीर्ष नेताहरू धरान आएका छन् । विश्वप्रकाश शर्मा सहितका नेताहरूले सुनसरी क्षेत्र नं. १ मा काँग्रेसलाई विजयी गराउन आह्वान गरेका हुन् ।

धरानको ऐतिहासिक तथा व्यस्त पर्यटकीय केन्द्र भानुचौक मा आयोजित विशाल सभामा नेपाली काँग्रेसका प्रभावशाली नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य आगामी निर्वाचनका लागि पार्टीको स्पष्ट मार्गचित्र प्रस्तुत गर्नु र सुनसरी क्षेत्र नं. १ का जनतामाझ विकास र सुशासनको भरोसा दिलाउनु रहेको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य र सुशासन स्थापना नै पार्टीको प्रमुख एजेण्डा भएको स्पष्ट पार्नुभयो । उहाँले नेपाललाई समृद्धिको दिशामा अघि बढाउन पुरानो कार्यशैली त्यागेर नयाँ सोच र भिजनका साथ अघि बढ्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । हरेक संकटग्रस्त अवस्थामा काँग्रेसले जिम्मेवार भूमिका निर्वाह गरेको स्मरण गराउँदै जेनजी आन्दोलनपश्चात उत्पन्न राष्ट्रिय संकटबाट मुलुकलाई बाहिर निकाल्ने क्षमता काँग्रेससँग रहेको दाबी गर्नुभयो ।

शर्माले धरानको दीर्घकालीन समस्याको रूपमा रहेको खानेपानी अभावलाई केन्द्र सरकारको सहकार्यमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले युवाहरूलाई विदेश पलायन हुनुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने, उद्यमशीलता प्रवद्र्धन गर्ने र सीपमूलक शिक्षामा जोड दिने नीति अघि सार्नुभयो ।

कार्यक्रममा सह–महामन्त्री डिला संग्रौलाले महिला सशक्तिकरण, सामाजिक न्याय र संविधानको रक्षाका लागि काँग्रेस सधैं अग्रपंक्तिमा रहने बताउनुभयो । उहाँले सुनसरी क्षेत्र नं. १ को विकासका लागि भूगोल र जनताको मनोविज्ञान बुझेको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उम्मेदवार सुजेन्द्र तामाङलाई विजयी गराउन आग्रह गर्नुभयो । काँग्रेसले सधैं जनअधिकारका पक्षमा संघर्ष गरेको स्मरण गराउँदै आर्थिक क्रान्तिको नेतृत्वसमेत काँग्रेसले नै गर्ने दाबी गर्नुभयो ।

सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै धरानको खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले वर्षौंदेखि जनताले खेप्दै आएको पानी अभाव अन्त्य गर्न सप्तकोसीको पानी ल्याउने परियोजनालाई तीव्रता दिने र स्थानीय स्रोतहरूको वैज्ञानिक व्यवस्थापन गर्ने योजना प्रस्तुत गर्नुभयो ।
तामाङले धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्रका रूपमा विकास गर्ने, पर्यटन प्रवद्र्धनमार्फत आर्थिक गतिविधि बढाउने तथा रोजगारी सिर्जना गर्ने रणनीति अघि सार्नुभयो ।

सभामा सहभागी वक्ताहरूले वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै देशलाई निकास दिन काँग्रेस नेतृत्वको सरकार आवश्यक रहेको तर्क गरे । धरानको खानेपानी समस्या केवल चुनावी मुद्दा नभई जनजीवनसँग प्रत्यक्ष जोडिएको जीवनमरणको सवाल बनेको उल्लेख गर्दै यसलाई समाधान गर्ने दृढ इच्छाशक्ति काँग्रेससँग रहेको दाबी गरिएको थियो ।

कार्यक्रममा जिल्लास्तरका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिताले सुनसरीमा काँग्रे सको संगठन सुदृढ रहेको सन्देश दिएको आयोजकले जनाएका छन् । सभाअघि उपसभापति शर्माको नेतृत्वमा धरान बजार क्षेत्रमा चुनावी ¥यालीसमेत निकालिएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन