धरान । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पत्रकारहरूको सुरक्षा, व्यावसायिक मर्यादा र आचारसंहिता पालनाबारे केन्द्रित एकदिने क्षमता विकास तालिम धरानमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ सुनसरी शाखाको आयोजनामा ‘निर्वाचन आचारसंहिता र सुरक्षित पत्रकारिता’ विषयक उक्त तालिम सम्पन्न भएको हो ।
धरान उपमहानगरपालिका र प्रदेश सरकारको संयोजनमा सम्पन्न कार्यक्रममा सुनसरी जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । तालिमको सहजीकरण सञ्चारकर्मीद्वय अमर खड्का र देवेन्द्र कार्कीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार हर्ष सुब्बाले निर्वाचनको समयमा पत्रकारहरू अझ बढी जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले तथ्य जाँच नगरी समाचार सम्प्रेषण गर्नु नहुने बताउदै आचारसंहिताको पालना गर्दा पत्रकारकै मर्यादा जोगिने बताउनुभयो । । उहाँले कुनै पनि राजनीतिक दल वा उम्मेदवारप्रति पूर्वाग्रही नभई सन्तुलित, निष्पक्ष र प्रमाणमा आधारित रिपोर्टिङ गर्न आग्रह गर्नुभयो ।
यसैगरी, प्रेस चौतारी नेपाल कोशी प्रदेश अध्यक्ष सुमन पुरीले निर्वाचन रिपोर्टिङका क्रममा पत्रकारहरूले भोग्नुपर्ने भौतिक तथा डिजिटल सुरक्षाका चुनौतीहरूबारे प्रकाश पार्नुभयो । मैदानमा खटिने पत्रकार सुरक्षित नभएसम्म सत्य तथ्य बाहिर नआउन बताउदै सम्भावित जोखिमको पहिचान र त्यसबाट बच्ने उपायबारे पत्रकार स्वयं सचेत रहनुपर्ने बताउनुभयो ।
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्रले निर्वाचन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन खेल्ने भूमिकाको प्रशंसा गर्दै स्थानीय सरकार प्रेस स्वतन्त्रता र पत्रकारहरूको क्षमता अभिवृद्धिप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
आयोजकका अनुसार निर्वाचनका समयमा पत्रकारहरू असुरक्षित हुने तथा अन्जानमै आचारसंहिता उल्लंघन हुने जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो। सहभागी पत्रकारहरूले निर्वाचनका बेला सुरक्षित रूपमा समाचार संकलन गर्ने तरिका, स्रोत व्यवस्थापन, जोखिम मूल्यांकन तथा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे व्यवहारिक ज्ञान हासिल गरेका थिए ।
तालिममा प्रशिक्षकद्वय अमर खड्का र देवेन्द्र कार्कीले निर्वाचन रिपोर्टिङका प्राविधिक पक्ष, तथ्य जाँच, संवेदनशील सामग्रीको प्रस्तुति, डिजिटल सुरक्षा तथा जोखिम न्यूनीकरणका उपायहरूबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।