one
विज्ञापन

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ३५ हजार ७४१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित

देशभर ठूला राष्ट्रिय दलहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला नयाँ शक्तिका रूपमा उदाएको श्रम संस्कृति पार्टीले सुनसरी क्षेत्र नं. १ मा उल्लेखनीय सफलता हासिल गरेको छ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ३५ हजार ७४१ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अन्तिम मत परिणाम अनुसार राईले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ लाई ८ हजार ४९२ मतान्तरले पराजित गर्नुभएको हो । तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।
अन्य उम्मेदवारतर्फ नेकपा एमालेका टिकाराम लिम्बुले ६ हजार ४६३ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत पाउनु भएको छ ्। यस पटकको निर्वाचनमा पुराना र ठूलो पार्टी भनिएकाहरु पखा लागेका छन् । नेपाली कांग्रेसका सुजेन्द्र तामाङले ३ हजार ९७० मत प्राप्त गर्दा हलो चिन्हबाट उद्धव श्रेष्ठले १ हजार ४१९ प्राप्त गर्नुभएको छ ।
प्रतिष्पर्धामा उत्रिएका अन्य उमेद्वारको मत परिणामलाई हेर्दा उपस्थितिको रुपमा देखिएको थियो ।
विजयपछि हर्कराज राईले जनताको म्यान्डेटका कारण आफू विजयी भएको भन्दै मतदाता तथा सुनसरी क्षेत्र नं. १ का सम्पूर्ण नागरिकप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले अबको प्रधानमन्त्री रवि लामिछाने हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन भूमिका खेल्ने निर्वाचन आयोग, राजनीतिक दल तथा पत्रकारहरूप्रति पनि उनले धन्यवाद दिनुभयो ।


सो अवसरमा निर्वाचन अधिकृत दिव्यराज घिमिरेले राईलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद दिनुभयो ।

यसअघि श्रम संस्कृति पार्टीले खोटाङबाट पनि प्रतिनिधिसभामा जित हासिल गर्दै आफ्नो खाता खोलेको थियो । त्यहाँ पार्टीका उम्मेदवार आरेन राई १६ हजार ६१२ मतसहित विजयी हुनु भएको थियो उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका देवविक्रम राई समान १६ हजार ६१२ मत ल्याउँदै पराजित बन्नुभएको थियो ।
यसैगरी भोजपुरमा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई अग्रता लिइरहनु भएको छ जहाँ नेकपा एमालेका तर्फबाट कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राई प्रतिस्पर्धामा रहनु भएको छ ।
देशभर नयाँ राजनीतिक शक्तिहरूको उदय भइरहेका बेला सुनसरी–१ मा हर्कराज राईको विजयलाई वैकल्पिक राजनीतिको बलियो संकेतका रूपमा हेरिएको छ । सुनसरीका अन्य तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रभाव जमाए पनि यस क्षेत्रमा भने श्रम संस्कृति पार्टीले उल्लेखनीय सफलता हात पारेको हो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन