one
विज्ञापन

बिरामीप्रति मर्यादित व्यवहार सिकाउन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा ‘पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा स्वास्थ्य उपचारका लागि आउने बिरामी र उनीहरूका कुरुवा वा आफन्तहरुसंग प्रतिष्ठानका तर्फबाट गरिने व्यवहारलाई अझ बढी मर्यादित र संवेदनशील बनाउन प्रतिष्ठानले विशेष पहल सुरु गरेको छ । उपचारका क्रममा स्वास्थ्यकर्मी र कर्मचारीहरूबाट हुने बोलिचाली र व्यवहारलाई परिस्कृत गर्दै लैजाने उद्देश्यका साथ उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यूले मनोचिकित्सा विभागका प्रा.डा. बैकुण्ठ राज अधिकारीको संयोजकत्वमा ६ सदस्यीय ‘बिरामी प्रति पेशागत व्यवहार उत्प्रेरणा समिति’ गठन गरेको हो । उक्त समितिका सदस्यहरुमा स्कूल अफ पब्लिक हेल्थ एण्ड कम्यूनिटी मेडिसिन विभागका एडिसनल प्रोफेसर डा. विजय खनाल, अर्थोडोन्टिक्स विभागका एसोसिएट प्रोफेसर डा. जमल गिरी, मनोचिकित्सा विभागका एसिस्टेन्ट प्रोफेसर डा. सुरेन लिम्बू, बायोकेमिष्ट्री विभागका एसिस्टेन्ट प्रोफेसर डा. बसन्त गेलाल तथा अस्पताल प्रशासनकी डा. स्वेता झा रह्का छन् ।
बिगतमा प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरूसंग चिकित्सक, कर्मचारी र नर्स हरुबाट गरिने ब्पयवहार र कुराकानीले बिरामी प्रति नकरात्मक प्रभाव परेको महसुस गर्दै प्रतिष्ठानबाट हुने सेवालाई प्रभावकारी र सेवाग्राहीमैत्री बनाउन यो कदम चालिएको हो । उक्त कार्यका लागि प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, पारामेडिक्स र प्रशासनिक कर्मचारीहरूलाई लक्षित गरी विभिन्न उत्प्रेरणादायी तालिमहरू सञ्चालन गर्न शुरु गरिएको छ । चरणबद्ध रुपमा दिइने उक्त तालिममा हालसम्म ७८ जना हेल्थ एड तहका कर्मचारीले तालिम प्राप्त गरिसकेका छन् भने हाल अर्को चरणमा हेल्पर तहका कर्मचारीहरुलाई तलिम दिन शुरु गरिएको छ । यसै गरी क्रमागत रुपमा विरामीको प्रत्यक्ष सम्पर्कमा आउनसक्ने प्रशासनिक कर्मचारी, पारामेडिक्स।प्राविधिक कर्मचारी, नर्सिङ्ग कर्मचारी तथा चिकित्सकहरुलाई उक्त तालिम दिइदै लगिने प्रबक्ता सम्सेर श्रेष्ठले बताए ।
बिरामीसंग बोल्दा प्रयोग गरिने भाषा र हाउभाउलाई अझ बढी नरम र व्यावसायिक कसरी बनाउने, उपचारको प्रक्रिया र परामर्श दिंदा बिरामीले सजिलै बुझ्ने गरी कसरी कुराकानी गर्ने, बिरामीको पीडालाई बुझेर उनीहरूलाई मानसिक रूपमा सकारात्मक ऊर्जा प्रदान गरी कसरी मनोवैज्ञानिक रुपमा सहयोग गर्ने जस्ता विषयहरुमा उक्त उत्प्रेरणा समितिले प्रस्तुतीकरणका माध्यमबाट, संभाषणका माध्यमबाट वा एक आपसमा अभ्याष गराएर तालिम दिने गरेको छ ।
बिरामीको आधा उपचार स्वास्थ्यकर्मीको मिठो बोली र मर्यादित व्यवहारबाटै हुने विश्वासका साथ प्रतिष्ठानले विगत देखि सेवा दिइदै गर्दा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूलाई पेशागत रूपमा अझ बढी जिम्मेवार र सेवाग्राहीप्रति उत्तरदायी बनाउन उक्त समितिले काम गर्नेछ । पछिल्लो समय स्वास्थ्य संस्थाहरूमा बिरामी र स्वास्थ्यकर्मीबीच हुनसक्ने सम्भावित असमझदारी कम गर्न र अस्पतालको सेवालाई गुणस्तरीय बनाउन यो समितिले तदनुरुप काम गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन