धरान । भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले दशकौँदेखि प्रभाव जमाउँदै आएका पुराना राजनीतिक दलहरूलाई मतदाताले अप्रत्याशित रूपमा किनारा लगाउँदै जिल्लाका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एक क्षेत्रमा श्रमसंस्कृति पार्टीलाई विजयी बनाएका छन् । यस परिणामले सुनसरी मात्र होइन, समग्र नेपाली राजनीतिमा नयाँ बहस र चर्चा सुरु गराएको छ ।
सुनसरीका मतदाताले यस पटक नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीजस्ता स्थापित दलहरूप्रति असन्तुष्टि प्रकट गर्दै नयाँ विकल्प रोजेका छन् । लामो समयदेखि राजनीतिक वर्चस्व कायम गरेका दलहरूले व्यहोरेको हारलाई धेरैले जनताको धैर्यताको सीमा पार भएपछि आएको राजनीतिक सन्देशका रूपमा व्याख्या गरेका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै पुराना दलका नेताहरूले हारको कारण खोज्न थालेका छन् । नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले जनतासँग टुट्दै गएको सम्बन्ध र पार्टीभित्रको गुटबन्दी हारको मुख्य कारण भएको स्वीकार गरेका छन् । उनका अनुसार जनताका वास्तविक समस्या र युवा पुस्ताको बदलिँदो चाहनालाई पार्टीले समयमै बुझ्न नसक्दा मतदाताले विकल्प रोजेका हुन् ।
त्यस्तै नेकपा एमालेका कोशी प्रदेश सांसद रमेश बस्नेतले परिणामलाई जनताले दिएको चेतावनीको घण्टीका रूपमा व्याख्या गर्नुभएको छ । उहाँले विकास र समृद्धिका नारा दिइए पनि त्यसलाई व्यवहारमा उतार्न नसक्नु पार्टीको कमजोरी भएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका नेता सिपी बजगाईले भने दलहरूको वैचारिक विचलन र जनताका दैनिक मुद्दाबाट टाढिनु हारको मुख्य कारण भएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनले श्रमिक वर्गका मुद्दा बोक्नुपर्ने भए पनि त्यसमा कमजोरी भएको स्वीकार गर्दै उहाँले जनजीविकाका सवालमा स्पष्ट नीति आवश्यक भएको बताउनुभयो ।
सुनसरी क्षेत्र नं. १ बाट हर्कराज राई ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सुनसरी क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा ५७ हजार ३४८ मतसहित अत्यधिक मतान्तरले विजयी बनेका े छन् । यसैगरि सुनसरी क्षेत्र नं. ३ मा पनि रास्वपाकै उम्मेदवार अशोक कुमार चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् भने सुनसरी क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित भएको छन् ।
सुनसरीको यो परिणामले नेपाली राजनीतिमा स्पष्ट सन्देश दिएको छ, अब इतिहासको विरासत मात्र बोकेर राजनीति चल्दैन । मतदाताले परिवर्तन, सुशासन, द्रुत विकास र जवाफदेहीताको माग गरिरहेका छन् । युवा पुस्ताको विदेश पलायन, बेरोजगारी र सुशासनको अभावजस्ता ज्वलन्त मुद्दा सम्बोधन गर्न नसक्दा पुराना दलहरूप्रति निराशा बढेको देखिन्छ । यही असन्तुष्टिलाई रास्वपा र श्रमसंस्कृति पार्टीले राजनीतिक अवसरका रूपमा रूपान्तरण गर्न सफल भएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।