सिरहा २७ फागुन । सिरहा जिल्ला अदालत अगाडि रहेको नेपाल बार एशोसिएसन भवनमा संचालित एक ल फर्ममा शंकास्पद वस्तु विस्फोट हुँदा एक युवक घाइते भएका छन्।
अधिवक्ता धनिक लाल यादवले सञ्चालन गर्दै आएको कामधेनु ल फर्म भित्र भएको उक्त विस्फोटमा परी उनका छोरा करिब २८ वर्षीय सौरभ यादव घाइते भएका हुन्। विस्फोटका कारण सौरभको शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ।
घाइते सौरभको हाल प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।
स्रोतका अनुसार विस्फोट भएको वस्तु कुकर बम हुन सक्ने अनुमान गरिएको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेका छन्।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।