one
विज्ञापन

विराटनगर भन्सार कार्यालयबाट दुई दिनको अवधिमा करिब ३ लाख ४५ हजार ७ सय ८३ किलो एलपी ग्यास नेपाल आयात

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

विराटनगर भन्सार कार्यालयबाट पछिल्ला दुई दिनमा ठूलो परिमाणमा ग्यास नेपाल भित्रिएको छ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला एलपी ग्यास नेपाल भित्रिएको हो । भन्सार कार्यालयका अनुसार दुई दिनको अवधिमा करिब ३ लाख ४५ हजार ७ सय ८३ किलो एलपी ग्यास नेपाल आयात गरिएको छ ।
केही दिनदेखि बजारमा ग्यासको आपूर्ति घट्दै जाँदा उपभोक्ताले ग्यास पाउन समस्या भोगिरहेका छन । कतिपय स्थानमा ग्यासको अभावका कारण उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य भएका छन् भने केही ठाउँमा वैकल्पिक इन्धन प्रयोग गर्नुपर्ने अवस्था समेत देखिएको छ ।
यस्तो परिस्थितिमा ठूलो परिमाणमा ग्यास नेपाल भित्रिएको भन्सार कार्यालयले जानकारी दिएको छ ।
ग्यास उद्योगहरूले पनि बजारमा देखिएको अभावलाई ध्यानमा राख्दै छिटो वितरण प्रक्रिया अगाडि बढाइने बताएका छन ।
सरकार तथा सम्बन्धित निकायले नियमित आपूर्ति सुनिश्चित गर्न भारतबाट ग्यास आयातलाई निरन्तरता दिएको जनाएका छन । यसरी ठूलो परिमाणमा ग्यास भित्रिएपछि बजारमा देखिएको ग्यासको अभाव केही हदसम्म कम हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन