one
विज्ञापन

सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया बलात्कारपछि ‘हत्या गरिएकी’ इनिशा विकको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग

Article Image
Article Image
Article Image

सुर्खेत वीरेन्द्रनगर–१ की १६ वर्षीया बलात्कारपछि ‘हत्या गरिएकी’ इनिशा विकको हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै देशैभर प्रदर्शन हुन थालेको छ ।
केही दिन अघि धरानमा घटनाको विरोधमा दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै खबरदारी ¥याली निकालिएको थियो । धरान बाल सञ्जालको आयोजनामा भएको ¥यालीमा सहभागी बालबालिकाहरूले बालबालिकामाथि बढ्दो हिंसाविरुद्ध कडा आवाज उठाउँदै दोषीलाई तत्काल कानुनी कठघरामा ल्याउन माग गरेका छन् ।
सोमबार सुदूरपुर्व झापामा प्रगतिशील युवा क्लब मेचीनगर —१० धुलावारीको अगुवाईमा मेचीनगरका विभिन्न संघ संस्थाहरुको सहभागितामा घटनाको विरुद्धमा मेचीनगर—६ काँकरभिट्टामा खबरदारी सभा भएको छ । प्रदर्शनमा उत्रिएकाहरूले इनिशालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गर, जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ, सुरक्षित सडक सुरक्षित समाज, बलात्कार विरुद्ध कडा कानून र कडा कार्यान्वयन, नारीलाई डर होइन सम्मान चाहिन्छ, लगायत लेखिएको प्लेटकार्ड लिमएर बालबालिका तथा महिलाहरु समेत प्रदर्शनमा उत्रिएका थिए ।
यता ताप्लेजुङ स्थित पाथीभरा बहुमुखी क्याम्पस का विद्यार्थीहरूले पनि किशोरी इनिशा विक को मृत्यु प्रकरणमा निष्पक्ष छानबिन तथा दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन्।
सोमबार विद्यार्थीहरूले क्याम्पस परिसरबाट विरोध ¥याली सुरु गरी बजार क्षेत्रसम्म पुगेर नाराबाजी गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले “इनिशालाई न्याय देऊ”, “महिला हिंसा अन्त्य गर”, तथा “दोषीलाई कडा कारबाही गर” जस्ता नाराहरू लगाएका थिए ।
त्यसै गरि यिनीशा बिकको बलात्कारपछि हत्या को विरोधमा विराटनगरमा पनि प्रदर्शन गरिएको छ । “परिवर्तनका लागि एकता” नामक संस्थाको आयोजनामा सोमबार पीडितलाई न्यायको माग गर्दै विरोध प्रदर्शन गरिएको हो।
प्रदर्शनमा सहभागीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर अपराधीलाई कडा कारबाही र फाँसीको सजाय दिनुपर्ने माग गरेका थिए। ¥याली विराटनगरका विभिन्न मुख्य सडक परिक्रमा गर्दै नगर परिक्रमा गरेको थियो। प्रदर्शनकारीहरूले महिला तथा बालबालिकामाथि हुने हिंसाका घटनाहरू बढ्दै गएको भन्दै सरकारसँग प्रभावकारी कानुनी व्यवस्था र कडा कार्यान्वयन गर्न आग्रह गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले “हत्यारालाई फाँसी दे”, “महिलामाथि हिंसा बन्द गर”, “यिनीशालाई न्याय दे” लगायतका नाराहरू लगाएका थिए। उनीहरूले दोषीलाई कडा सजाय नदिइए यस्ता घटनाहरू दोहोरिरहने भन्दै तत्काल छानबिन गरी अपराधीलाई कानुनी कठघरामा ल्याउन माग गरेका छन ्।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन