वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार तथा अन्य कार्यका लागि आउने आम जनसमुदायका साथै प्रतिष्ठान भित्रका समेत शिक्षक, कर्मचारी तथा विद्यार्थी वर्गमा प्रतिष्ठानबाट सम्पादन भई आएका कार्यहरुका सम्बन्धमा केही सुझाव तथा गुनासाहरु भएमा सो सुनुवाई हुन आवश्यक देखि प्रतिष्ठानले सुझाव तथा गुनासो सुनुवाई समितिू गठन गरेको थियो । यदि कसैलाई सुझाव तथा गुनासो राख्नु परेमा प्रतिष्ठानको उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा लिखित रुपमा पेश गर्ने वा हरेक आइतबार दिउसो ४ देखि ५ बजे उक्त समितिसंग प्रत्यक्ष भेटघाट गरी समितिलाई आप्mनो सुझाव तथा गुनासाहरु राख्न सक्ने प्रावधान राखिएको थियो । तर हाल आएर जो कसैले पनि घरै बसी बसी मोबाइल वा कम्यूटरका माध्यमबाट समेत सुझाव दिन वा गुनासो दर्ता गर्न सक्नुहुनेछ । प्रतिष्ठानले आम जनमानस तथा सरोकारवालाहरुको सुझाव तथा गुनासोलाई प्रतिष्ठानको सुधारको एक प्रमुख आधार ठानी त्यस्ता सुझाव तथा गुनासाहरुलाई व्यवस्थित रुपमा संकलन गरी उचित व्यवस्थापन तथा सम्बोधन गर्न प्रतिष्ठानको अफिसियल वेब साइटको होम पेजमा "Hello BPKIHS" नामक पोर्टल निर्माण गरेको छ ।
उक्त पोर्टलको प्रयोगका लागि गुनासोकर्ता वा सुझावदाताले Google का माध्यमबाट प्रतिष्ठानको अफिसियल वेब साइट www.bpkihs.edu मा गई होम पेजको मुनिपट्टि रहेको "Hello BPKIHS" बटनमा Click गर्नुपर्नेछ । अथवा Google को सर्च बारमा hello.bpkihs.edu टाइप गरी सोझै उक्त पोर्टलमा पुग्न सकिनेछ । तत्पश्चात् त्यहा देखिने नया गुनासोूभन्ने बटनमा Click गरी त्यहा देखिने फारममा माग गरिए अनुसारको विवरण तथा गुनासो भरी पठाउनु पर्नेछ । यदि कसैलाई गुनासो सगसगै प्रमाण समेत पेश गर्न इच्छा भए सो प्रमाणलाई अपलोड गर्नसक्ने व्यवस्था समेत त्यहा गरिएको छ । साथै, पोर्टलमा आफुले दिएको सुझाव वा आफुले गरेको गुनासोको सम्बन्धमा कार्यवाही कति वा कहा सम्म पुग्यो भन्ने हेर्नका लागि वा ट्य्राक गर्नका लागि समेत त्यहा व्यवस्था गरिएको छ । उक्त सेवामा सुझावदाता वा गुनासोकर्ताको सम्पूर्ण विवरण गोप्य राखिने व्यवस्था समेत गरिएको छ ।
सुझावदाता वा गुनासोकर्तालाई उक्त सम्पूर्ण प्रकृया पुरा गर्न सहज होस् भनि पोर्टलको प्रयोग गर्ने तरिका र अन्य विवरण बारे पोर्टलमा पोर्टल अवलोकन शिर्षकमा "Audio Instruction" (अडियो निर्देशन) पनि राखिएको छ । सुझावदाता वा गुनासोकर्ताले उक्त अडियो निर्देशन सुन्नु भएमा सुझाव वा गुनासो दर्ता प्रकृया अगाडी बढाउनु अघि सहज हुनेछ ।
यसरी प्राप्त सुझाव तथा गुनासोहरुलाई समितिले विश्लेषण गरि जायज ठहर भएका सुझाव तथा गुनासोहरु श्रीमान् उपकुलपतिज्यू समक्ष पेश गर्नेछ र सो को समाधानका लागि प्रतिष्ठानले आवश्यकता अनुसार पहल गर्नेछ । सुझावदाता वा गुनासोकर्ताको सम्पूर्ण विवरण गोप्य राखिने व्यवस्था समेत गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।