one
विज्ञापन

राम नवमीको अवसरमा धरान–१४ स्थित दन्तकाली मन्दिर परिसर शुक्रबार भक्तजनहरूको उल्लेख्य भीड

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । राम नवमीको अवसरमा धरान–१४ स्थित दन्तकाली मन्दिर परिसर शुक्रबार भक्ति, श्रद्धा र उल्लासले भरिएको थियो । बिहानैदेखि जय श्री रामका नारा गुञ्जिँदै मन्दिर क्षेत्रमा भक्तजनहरूको उल्लेख्य भीड लागेको थियो ।

हिन्दु धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्ने यस दिन दन्तकाली मन्दिरमा दर्शन तथा पूजा गर्न देशका विभिन्न स्थानबाट श्रद्धालुहरू आएका थिए । धार्मिक मान्यताअनुसार सतिदेवीको दाँत पतन भएको विश्वास गरिने यस शक्तिपीठमा राम नवमीका दिन पूजा–अर्चना गर्दा विशेष पुण्य प्राप्त हुने जनविश्वास रहँदै आएको छ ।
मन्दिरमा आएका भक्तजनहरुले रामनवमी सनातन हिन्दु धर्मालम्बीहरुको महत्वपूर्ण चाड भएको बताएका थिए । उनीहरुले आजको दिन भगवान रामको पूजाआजासहित सम्झन सकेमात्र पुण्य प्राप्त हुने जनविश्वासका कारण आफूहरु दर्शनका लागि अन्य मन्दिरसँगै दन्तकाली मन्दिरमा आएको बताएका थिए ।

चैते दशैलाई विगतमा उल्लासमय ढंगबाट मनाए पनि यो महिना दशै मनाउँदा धेरै विरामी भएकोले दशै सारिएपनि चैते दशैलाई पनि सर्वसाधारणले महत्वका साथ हेर्ने गरिएको मन्दिरका पूजारी कमल भट्टराई बताउछन् ।

मन्दिरमा दर्शन गर्न पुगेकाहरुले यस राम नवमी पूजामा व्यवस्थापन विगतको तुलनामा निकै सुधारिएको प्रतिक्रिया दिएका थिए । उनीहरुले दन्तकाली माताको दर्शनले मनमा शान्ति र सकारात्मक ऊर्जा प्राप्त भएको अनुभव सुनाएका थिए ।

पूर्वी नेपालको प्रमुख शक्तिपीठका रूपमा परिचित दन्तकाली मन्दिरमा सतिदेवीको दाँत पतन भएको पौराणिक विश्वास रहेको छ, जसका कारण यस स्थललाई विशेष धार्मिक आस्थाको केन्द्र मानिन्छ । विशेष गरी राम नवमी, दशैंलगायतका पर्वहरूमा यहाँ ठूलो संख्यामा भक्तजनको उपस्थिति रहने गर्दछ । राम नवमी हिन्दू धर्मको एक महत्वपूर्ण पर्व हो, जुन भगवान रामको जन्मोत्सवका रूपमा मनाइन्छ । रामायणमा वर्णित आदर्श पुरुष रामको जीवन र शिक्षाको स्मरण गर्दै मनाइने यस पर्व प्रत्येक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा पर्छ । यस दिन भक्तजनहरूले उपवास बस्ने, राम मन्दिरमा पूजा गर्ने, रामायण पाठ गर्ने तथा भजन–कीर्तन गर्ने परम्परा रहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन