one
विज्ञापन

स्थानीय तह, स्वास्थ्य संस्था, नागरिक समाज तथा एचआईभी संक्रमितहरूको क्षेत्रमा कार्यरत अभियन्ताहरूबीच व्यापक छलफल

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । एचआईभी÷एड्स प्रभावित व्यक्तिहरूले भोग्दै आएको सामाजिक विभेद अन्त्य गर्दै उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ धरान उपमहानगरपालिकामा एक महत्वपूर्ण समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम धरान पोजेटिभ समूहको आयोजना तथा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय तह, स्वास्थ्य संस्था, नागरिक समाज तथा एचआईभी संक्रमितहरूको क्षेत्रमा कार्यरत अभियन्ताहरूबीच व्यापक छलफल भएको थियो । सहभागीहरूले एचआईभी संक्रमितहरूले अझै पनि समाजमा भोग्नुपरेको विभेद र सेवामा पहुँचको कठिनाइबारे धारणा राख्दै जनचेतना अभिवृद्धि गर्न थप प्रयास आवश्यक रहेको औंल्याए ।
आयोजक संस्था धरान पोजेटिभ समूहकी प्रतिनिधि सुमि विश्वकर्माले सरोकारवालाहरूबीचको सहकार्यलाई अभियानको सफलता मान्दै यस्तो समन्वयात्मक कार्यक्रमले सकारात्मक मार्गचित्र तयार गरेको बताइन । उनले सहकार्य र समन्वय बिना हाम्रो लक्ष्य हासिल गर्न नसकिने बताउदै कार्यक्रमले भविष्यका लागि स्पष्ट दिशा दिएको बताइन ।

सो अवसरमा धरान उपमहानगर कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले एचआईभी संक्रमितहरूको समग्र जीवन सुधारमा स्थानीय सरकार गम्भीर रहेको बताए । उनले संक्रमितहरूको स्वास्थ्य उपचार मात्र नभई उनीहरूको सामाजिक सुरक्षा र रोजगारीका अवसरहरूमा पनि विशेष ध्यान दिनुपर्ने बताउदै उपमहानगरपालिकाले यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

कार्यक्रममा धरान क्षेत्रमा एचआईभी संक्रमितहरूको अवस्था, उनीहरूको आवश्यकता र आगामी दिनमा चाल्नुपर्ने योजनाबारे विस्तृत रूपमा छलफल गरिएको थियो । सहभागीहरूले संक्रमितहरूलाई सम्मानजनक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न स्थानीय सरकार, समुदाय र सम्बन्धित निकायहरूबीच निरन्तर सहकार्य आवश्यक रहेको निष्कर्ष निकाले ।
धरान उपमहानगरपालिकाले आगामी दिनमा एचआईभी÷एड्स सम्बन्धी कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउँदै संक्रमितहरूको हकहित संरक्षण, सेवा पहुँच विस्तार तथा जनचेतना अभिवृद्धिमा केन्द्रित योजना अघि बढाउने जनाएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन