धरान जैन श्वेताम्बर तेरापंथी सभा धरान, सुनसरीले भगवान महावीरको २६२४ औं जन्म कल्याणक महोत्सव अत्यन्तै श्रद्धा र उत्साहका साथ आयोजना गरेको छ ।
महोत्सवको सुरुवात विहानको शुभ साइतमा निकालिएको भव्य प्रभातफेरिबाट भएको थियो । धरानका विभिन्न मुख्य सडकहरु परिक्रमा गर्दै निकालिएको उक्त प्रभातफेरिमा जैन समुदायका महिला, पुरुष तथा बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरुले भगवान महावीरका शान्ति र अहिंसाका सन्देशहरु अंकित व्यानरसहितको प्रभात फेरिको आयोजना गरेका थिए । जैन समुदायका लागि यो दिन वर्षकै सबैभन्दा महत्वपूर्ण र पवित्र दिन मध्ये एक मानिन्छ ।
जैन तेरापन्थी महिला मण्डल धरानकी अध्यक्ष प्रिति बोतराले भगवान महावीरका उपदेशहरु आजको विश्वमा झन् सान्दर्भिक हुँदै गएको बताउनुभयो । उहाँले अहिंसा र अपरिग्रहको मार्गमा चल्न सबैलाई आग्रह गर्नुभयो ।
त्यस्तै, जैन श्वेताम्बर तेरापंथी सभा धरानका अध्यक्ष बिरेन्द्र बोतराले सभाले हरेक वर्ष यसरी नै महोत्सव आयोजना गर्दै आएको र यसले समुदायमा एकता र धार्मिक सहिष्णुता बढाउने विश्वास व्यक्त गर्नुभयो ।
यो पर्व महावीर जयंती को रूपमा पनि चिनिन्छ । यस दिन भगवान महावीरको जन्म (ईसा पूर्व ५९९, वैशाली क्षेत्र) सम्झना गरिन्छ । जैन धर्ममा यो सबैभन्दा महत्वपूर्ण चाडहरूमध्ये एक हो । जैन श्वेताम्बर तेरापंथ एक अनुशासित र आध्यात्मिक परम्परा हो, जसले नैतिकता, अहिंसा, सत्य, अपरिग्रह जस्ता मूल्यमान्यतालाई जोड दिन्छ । यस समुदायले महावीरको जन्मोत्सवलाई केवल उत्सव मात्र नभई आत्मशुद्धि र आध्यात्मिक जागरणको अवसरका रूपमा मनाउने गरेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।