धरान । कोशी प्रदेश सरकारले २०८२ लाई भ्रमणबर्षको रुपमा मनाइरहेका बेला पर्यटन क्षेत्रमा काम गर्ने व्यवसायीहरु भने आशातित काम नहुदा निराश बनेका छन् । भ्रमण बर्षमा पर्यटन व्यवसायीहरुको हितमा काम हुने र पर्यटन प्रवद्र्धनमा ठूलो फड्को मार्ने अपेक्षा लिएका व्यवसायीहरु भ्रमणबर्षले सार्थकता नपाएको बताउदै आएका छन् ।
कोशी प्रदेश सरकारले केही समय अगाडि लालीगुरास नगरपालिकाको तीनजुरेमा भ्रमणबर्ष २०८२ को तामझाम गरेर उदघाटन गरियो । कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले उद्घाटन गर्दा अब भने पर्यटन क्षेत्रम छलाङ मार्ला भन्ने अपेक्षा पर्यटन व्यवसायीहरुले लिएका थिए । तर भ्रमणबर्ष सोचेभन्दा ठीक विपरीत भएको व्यवसायीहरु बताउँछन् ।
धनकुटा सागुरीगढी गाउँपालिका पर्यटकीय हब हुदाहुदै पनि प्रदेश सरकारले घोषणा गरेको भ्रमण बर्षले केही प्रभाव नपारेको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बु बताउनुहुन्छ । उहाँले भ्रमण बर्षको अवधिमा पर्यटन प्रवद्र्धनका योजनाहरु, आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि सुविधाका प्याकेजहरु आउला भन्ने सोच पर्यटन व्यवसायीमा भएपनि त्यो अनुसारको काम नभएको बताउनुभयो ।
तथापि व्यवसायीहरुले पर्यटकहरुको रुचीलाई ध्यानमा राखेर प्याकेजहरु बनाएको बताउने गरेका छन् । भेडेटार तथा आसपासमा सञ्चालन भएका होटल व्यवसायीले आउने पर्यटकलाई स्थानीय परिकारको स्वादसँगै पर्यटकको रुची अनुसारको खानाको प्याकेज पस्किने गरेको होटल टुरिसलेण्डका प्रवन्ध निदेंशक दुर्गा बज्गाई बताउनुहुन्छ ।
प्रदेश सरकारले २०८२ लाई भ्रमणबर्ष घोषणा गरिरहँदा पर्यटक तान्ने भौतिक संरचना, नीजि क्षेत्रसँग समन्वय गरेर पर्यटकलाई दिइने प्याकेज, कोशी प्रदेशमा रहेका रमणीय स्थलको प्रचारप्रसारको अभावसँगै त्यहाँ पुग्ने सहज मार्ग लगायतका थुप्रै काम गर्न भने सकेन । पूर्वमा पर्यटकका लागि रमाउने स्थानहरु छन् । भेडेटारकै कुरा गर्ने हो भने प्रदेश सरकारको आर्थिक सहयोगमा नीजि क्षेत्रबाट सञ्चालित स्काइवाक जस्ता पर्यटक लोभ्याउने संरचना जस्तै अन्य संरचना प्रदेश सरकारले थप्न सकेको छैन । भ्रमणबर्ष उद्घाटन गरेर कानमा तेल हालेर बसेको प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि योजना बनाउन नसक्दा नीजि क्षेत्रकै बलबुतोमा जसोतसो पर्यटक भित्रिएका छन् । भ्रमणबर्षलाई साच्चै नै सार्थक बनाउने हो भने नीजि क्षेत्रसँग सरकारले समन्वय गरेर योजना बनाउनु आवश्यक छ । हैन भने भ्रमणबर्ष घोषणामै सीमित हुने देखिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।