one
विज्ञापन

हिमायती साँस्कृतिक परिवार, धरान–१० को आयोजना तथा लोकतान्त्रिक बस्ती, धरान–१६ को व्यवस्थापनमा सञ्चालन सचेतनासँगै स्तन क्यान्सरको निःशुल्क शिविरको आयोजना

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । स्तन क्यान्सर महिलाहरुको जटिल स्वास्थ्य समस्या बन्दै गएको छ । सचेतनाको कमीका कारण क्यान्सर भएकोसमेत पत्तै नहुने र समस्या बढ्दै गएपछि उपचारमा आउने गरेका कारण महिलाहरु यो रोगबाट ग्रसित बन्ने गरेका छन् । यसैलाई मध्यनजर गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर विशेषज्ञहरुले विभिन्न समुदायसँग सहकार्य गरेर सचेतनात्मक निःशुल्क चेकजाँच गर्ने गरेको छ ।

पछिल्लो समय हिमायती साँस्कृतिक परिवार, धरान–१० को आयोजना तथा लोकतान्त्रिक बस्ती, धरान–१६ को व्यवस्थापनमा सञ्चालन सचेतनासँगै स्तन क्यान्सरको निःशुल्क शिविरको आयोजना गरिएको छ । शिविरमा क्यान्सर रोग विशेषज्ञ प्रा.डा. शारदा खड्काले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गर्नुभयो ।
शिविरका क्रममा प्रो.डा. खड्काले स्तन क्यान्सरको समयमै पहिचान र उपचारको महत्वबारे प्रकाश पार्दै भन्नुभयो । उहाँले चेकजाँचमा आएका महिलाहरुलाई स्तन क्यान्सरलाई प्रारम्भिक अवस्थामै पहिचान गर्न सके यसको सफल उपचार सम्भव हुने भएकोले सचेत हुन आग्रह गर्नुभयो । उहाँले धेरैजसो महिलाहरू लाज र डरका कारण समस्या लुकाउने प्रवृत्ति बढेर गएको बताउदै यस्ता शिविरले उनीहरूलाई खुलेर स्वास्थ्य परीक्षण गराउन प्रेरित बताउनुभयो ।

शिविरमा सहभागी स्थानीय महिलाहरूले घरदैलोमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क सेवा पाउँदा राहत मिलेको बताएका छन ्। अस्पताल धाउन गाह्रो हुने हामी जस्ताका लागि यो शिविर वरदान सावित भएको बताउदै चिकित्सकहरुले सहज रूपमा बुझाउँदा आफूहरुलाई रोग विशेषका विषयमा धेरै जानकारी भएको बताएका थिए । उनीहरुले यस्ता कार्यक्रम टोल–टोलमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै क्यान्सरजस्तो जटिल रोगबारे समयमै जानकारी पाउनु अत्यन्त महत्वपूर्ण भएको उनीहरुले बताएका थिए ।

आयोजक संस्थाका सचिव सुरेश कुमार श्रेष्ठले कला र संस्कृतिसँगै समुदायको स्वास्थ्य प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले शिविर आयोजना गरिएको जानकारी दिनुभयोे । सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो । गरिबीका कारण स्वास्थ्य संस्थासम्म पुग्न नपाएका महिलाहरुलाई लक्षित गरी सचेतनात्मक शिविरको आयोजना गरिएको बताउनुभयो ।

शिविरमा धरान–१६ तथा आसपासका क्षेत्रका उल्लेख्य संख्यामा महिलाहरूले स्तन क्यान्सरसम्बन्धी परामर्श र स्वास्थ्य परीक्षण गराएका थिए । स्थानीयका अनुसार यस्ता कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ । सो अवसरमा रोगको लक्ष्यणकाका सम्बन्धमा समेत जानकारी गराइएको थियो । स्तन क्यान्सर नेपाली महिलामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो । करिब १६–२६ प्रतिशत क्यान्सरका केस यही रोगसँग सम्बन्धित छन् भने हरेक वर्ष करिब २ हजार ५सय भन्दा बढी नयाँ बिरामी थपिने अनुमान छ । समयमै उपचार गराउन सके यो रोग पूर्ण रुपमा निको हुने भएकोले लापरबाही नगरी समयमै चेकजाँच गर्न शिविरमा आएका महिलाहरुलाई आग्रह गरिएको थियो ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन