धरान । स्वास्थ्य बीमा बोर्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाई स्वास्थ्य बीमाको ‘प्रथम सेवा केन्द्र’ कायम राख्ने निर्णय गरेपछि धरान उपमहानगरपालिकामा आफ्नै नगर अस्पताल वा सुविधायुक्त आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको बहस तीव्र बनेको छ ।
उपमहानगरपालिकामा आयोजित छलफलमा राजनीतिक दलका प्रतिनिधि, चिकित्सक, समाजसेवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रह्यो । कार्यक्रममा सहभागीहरूले नगरको आफ्नै स्वास्थ्य संरचना नहुँदा स्थानीय नागरिकहरू स्वास्थ्य बीमा सुविधाबाट वञ्चित हुने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
एक बर्ष अगाडिदेखि नै पटक पटक छलफलको विषय भएपनि धरान उपमहानगरपालिकाले नगर अस्पताल बनाउन गम्भीरता नदेखाएको भन्दै छलफलका क्रममा आक्रोस पोखेका थिए । बीमा बोर्डले प्रथम सेवा केन्द्रको रुपमा सरकारी अस्पताललाई मात्र मान्यता दिने प्रावधान अगाडि ल्याएपछि एक बर्षअगाडिदेखि नै धरानमा नगर अस्पताल बनाउनका लागि स्थानको खोजी भइरहेको थियो । प्रतिष्ठानकै मातहतमा रहेको धरान १ छाताचौकको पुरानो अस्पतालको जग्गा र भवनलाई नगर अस्पतालको रुपमा प्रयोग गर्ने वा अन्य कुनै ठाउँमा जग्गा खोजेर नगर अस्पताल बनाउने विषयमा एक बर्ष वितिसक्दा पनि उपमहानगरपालिका गम्भीर नभएको भन्दै छलफलकै क्रममा सहभागी आक्रोसित बनेका थिए । उनीहरुले सम्बन्धित निकायलाई नघच्याएकै कारण नगर अस्पताल बनाउन ढिलाइ भएको भन्दै आक्रोस पोखे ।
छलफलमा सहभागी धरानका बुद्धिजीवि एवम् समाजसेवीहरुले बीमा बोर्डले प्रतिष्ठानलाई प्रथम से्वा केन्द्रको मान्यता नदिएपछि अनिवार्य रुपमा धरानमा नगर अस्पताल बनाउनै पर्ने बाध्यता आउँदा समस्या उत्पन्न भएको बताएका थिए । समाजसेवी एवम् शिक्षाप्रेमी प्रा.डा राजेन्द्र शर्माले बीपी कोइराला स्वास्थ्य विज्ञान समेत बोर्डका नियममा बाधिएका कारण प्रतिष्ठानमा उपचारका लागि विमितहरु जानुभन्दा पहिलो स्वास्थ्य उपचार के्न्द स्थापना गर्न बाध्यतात्मक परिस्थिति आएकोले सबै मिलेर यसको हल गर्नुपर्नेमा जोड दिए ।
छलफलका क्रममा कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले बीपी प्रतिष्ठानमा बढ्दो चाप र बीमा बोर्डको पछिल्लो निर्णयले थप चुनौती सिर्जना गरेको बताए । नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन नगर आफ्नै अस्पताल वा स्तरोन्नत आधारभूत स्वास्थ्य केन्द्र निर्माणमा गम्भीरतापूर्वक लागिपरेको कार्यवाहक मेयर । उनले यस कुरामा सबैलाई सहयोग गर्न आग्रह गरे ।
हुन यस भन्दा अगाडि अर्थात मेयर हर्कराज राई मेयर हुदा समेत यस विषयमा सरोकारवाला पक्षसँग पटक पटक छलफल भएकै थियो । एक बर्ष वितिसक्दा पनि छलफलबाहेक नगर अस्पताल बनाउने टुंगो लागेको अझैसम्म लाग्न सकेको छैन ।
बीमा बोर्डको निर्णयले धरानका हजारौँ बीमितहरूले प्राथमिक उपचारका लागि अन्यत्र जानुपर्ने वा बीपी प्रतिष्ठानमै महँगो शुल्क तिर्नुपर्ने अवस्था आउन सक्छ । यस अवस्थालाई ध्यानमा राख्दै उपमहानगरपालिकाले आवश्यक जग्गा व्यवस्थापन, पूर्वाधार निर्माण तथा जनशक्ति परिचालनका लागि तयारी थाल्न आवश्यक भएको देखिएको छ । स्थानीय तहले समयमै ठोस कदम चाल्न सके धरानमा स्वास्थ्य सेवा पहुँच सुधार हुने अपेक्षा गरिएको छ भने ढिलाइ भए नागरिकले सेवा अभावको समस्या झेल्नुपर्ने देखिन्छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।