धरान । धरानको मुख्य व्यापारिक केन्द्र भानुचौकको बढ्दो ट्राफिक चाप घटाउने र व्यवस्थित सहरीकरण गर्ने उद्देश्यसहित २०५८ सालमा सुरु गरिएको नयाँ बसपार्क निर्माण योजना अन्ततः पूरा भएको छ । तर, निर्माण सम्पन्न भइसक्दा पनि बसपार्क पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा अपेक्षित उपलब्धि अझै हासिल हुन सकेको छैन ।
धरान–८ स्थित सुन्दर बस्तीमा करिब एक विघा सात कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त आधुनिक बसपार्क ‘बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरी’ ले २३ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएका सो बसपार्कको तत्कालीन कोशी प्रदेशका सभामुख प्रदीप कुमार भण्डारीले २०७५ माघ २६ गते शिलान्यास गर्नुभएको थियो । शिलान्यासपश्चात तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सो बस पार्क क्षेत्रको अवलोकन समेत गर्नुभएको थियो । संरचनागत रूपमा सुविधा सम्पन्न यो बसपार्कले धरानको सार्वजनिक यातायात व्यवस्थापनमा नयाँ आयाम थप्ने अपेक्षा गरिएपनि निर्माण सम्पन्न भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
बसपार्कको भुइँ तलामा करिब ३ सय यात्रु अट्ने विशाल प्रतिक्षालय, आधुनिक टिकट काउन्टर, एटिएम बुथ, सिसीटिभी निगरानी प्रणाली तथा सुरक्षा कक्षको व्यवस्था गरिएको छ । साथै, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट लगायत यात्रु चढ्ने–ओर्लने व्यवस्थित स्थानहरू समेत निर्माण गरिएका छन् । स्थानीय यातायातलाई लक्षित गर्दै २२ वटा अटो सञ्चालन गर्न मिल्ने छुट्टै स्थान पनि छुट्याइएको छ ।
यातायात व्यवसायी सरोज श्रेष्ठका अनुसार बसपार्क निर्माण सम्पन्न हुनु सकारात्मक भए पनि तत्कालै स्थानान्तरण गर्न केही प्राविधिक र व्यावहारिक समस्या देखिएका छन । उहाँले व्यवसायीहरू नयाँ बसपार्कमा जान तयार भए पनि यात्रुहरूको सहज पहुँच, व्यवस्थापन र व्यवसायमा पर्ने असरबारे स्पष्ट योजना आवश्यक रहेको बताउनुभयो । भानुचौकबाट एक्कासी सार्दा चुनौती आउने उहाँको भनाई छ ।
यता, धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले बसपार्क सञ्चालनमा ल्याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले केही कानुनी तथा व्यवस्थापकीय प्रक्रिया बाँकी रहेकाले ढिलाइ भएको बताउनुभयो । उहाँले यो बस पार्क नगर गौरव आयोजना अन्तर्गत पने भएकोले व्यवसायीहरूसँग निरन्तर संवादमा रहेको र छिट्टै सार्नका लागि पहल भइरहेको बताउनुभयो ।
बसपार्कसम्म पुग्ने पहुँच मार्ग तथा आधारभूत पूर्वाधार तयार भइसके पनि व्यवसायी र स्थानीय तहबीच समन्वयको अभावले सञ्चालनमा ढिलाइ भइरहेको देखिन्छ । व्यवसायीहरूले यात्रुहरूको सुरक्षा र सुविधालाई प्राथमिकता दिँदै स्पष्ट कार्ययोजना माग गरिरहेका छन् ।
व्यवसायी श्रेष्ठले सबै पक्षबीच सहमति र दीर्घकालीन सोचसहित निर्णय लिनुपर्ने धारणा राख्नुभयो । उहाँले आफूहरु विकासका विरोधी नभएको बताउदै बस पार्क सार्ने कुरामा सबैको आ आफ्नो स्वार्थ बाँझिएका कारण समस्या आएको बताउनुभयो ।
२३ वर्षअघि सुरु भएको यो महत्वाकांक्षी योजना भौतिक रूपमा पूरा भएसँगै अब यसको प्रभावकारी सञ्चालनमार्फत धरानको ट्राफिक व्यवस्थापन सुधार्नु उपमहानगरपालिकाको प्रमुख चुनौती बनेको छ । बस पार्क सार्दा दीर्घकालीन सोच राखेर सार्नुपर्ने धारणा सर्वसाधारणको रहेको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।