one
विज्ञापन

हाल वेल्जियममा कार्यरत धरान १५ निवासी पूना कटुवालको सहयोगमा क्लोथ फाउन्डेशन नेपाल धरानले विपन्न परिवारलाई झुल र आवश्यक पर्ने लत्ताकपडा वितरण गरेको छ ।

धरान । क्लोथ फाउन्डेशन नेपाल धरानले विपन्न परिवारलाई झुल र आवश्यक पर्ने लत्ताकपडा वितरण गरेको छ ।
गर्मी अत्याधिक बढेसँगै लामखुट्टेको प्रकोप समेत बढिरहेको बेला त्यसैलाई मध्यनजर गरी हाल वेल्जियममा कार्यरत धरान १५ निवासी पूना कटुवालको सहयोगमा फाउन्डेशनले सहयोग गरेको हो ।

पिछडिएका तथा निम्न आय स्रोत भएकाहरुलाई लक्षित गरी क्लोथ फाउन्डेशन धरानले धरान ५ किराँतचौकका ज्येष्ठ नागरिकहरुलाई झुल तथा आवश्यक कपडा वितरण गरेको फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार ५० थान झुल पूना कटुवालबाट उपलब्ध भएको हो भने ४ सय थान रेडिमेट कपडा क्लोथ फाउन्डेशन आफैले वितरण गरेको हो ।
वितरण कार्यक्रममा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । सन्तानको माया नपाएका अभिभावकहरुलाई वितरण गरेको झुल र आवश्यक सामाग्रीले राहत मिलेको ५ नं. वडा कार्यालयका वडाध्यक्ष मनप्रसाद लिम्बुले जानकारी दिनुभयो ।
उहाँले बेल्जियममा बसेर पनि निम्न आय भएका ज्येष्ठ नागरिकहरुलाई झुल उपब्ध गराएकोमा झुल प्रदान गर्ने कटुवाललाई धन्यवाद समेत दिनुभयो ।
गरिब तथा असहायको सहयोगकै लागि गठन भएको क्लोथ पाउन्डेशनले गठन भएको दुई बर्षको अवधिमा निम्न आय स्रोत भएकाहरुलाई जाडो महिनामा न्यानो कपडा, गर्मी महिनामा झुल लगायतका सामाग्री वितरण गर्दै आइरहेको छ भने आर्थिक कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गर्दै आइरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन