वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्दै स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक वृद्धि गर्ने दीर्घकालिन नीति अनुरुप प्रतिष्ठानका तर्फबाट एक महत्पूर्ण कदम चालिएको छ । यसै सिलसिलामा प्रतिष्ठान र काठमाण्डौ स्थित विश्वप्रख्यात तिलगंगा आँखा प्रतिष्ठान बीच आपसी सहयोग आदान प्रदान तथा सहकार्यका लागि समझदारीपत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ ।
काठमाण्डौमा २०८३ बैशाख २ गते (तद्नुसार १५ अप्रिल, २०२६) का दिन आयोजित एक विशेष समारोहका बीच भएको उक्त हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यूले र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतज्यूले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सो समझदारीपत्रमा साक्षीका रुपमा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यूले र आँखा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. श्रृजना अधिकारीज्यूले हस्ताक्षर गर्नुभएको थियो ।
चिकित्सा शिक्षाका यी दुई शिक्षण संस्थाहरु बिच शैक्षिक सहयोग आदान प्रदानका लागि शिक्षक तथा विद्यार्थी आदान प्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवाहरु लगायत तालिम तथा Continue Medical Education (CME), आँखा उपचारका क्षेत्रमा संयुक्त रुपमा अध्ययन अनुसन्धान आदि जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको उक्त समझदारीबाट दुवै संस्थाहरु लगायत आम जनमानस समेत लाभान्वित हुने विश्वास लिइएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।