वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्दै स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक वृद्धि गर्ने दीर्घकालिन नीति अनुरुप प्रतिष्ठानका तर्फबाट एक महत्पूर्ण कदम चालिएको छ । यसै सिलसिलामा प्रतिष्ठानले स्वास्थ्य सेवालाई अझ बढी सुदृढ र निर्बाध रुपमा प्रवाह गर्न काठमाण्डौ स्थित चर्चित र प्रतिष्ठित राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि द्विपक्षिय समझदारीपत्र (Memorandum of Understanding) मा हस्ताक्षर भएको छ ।
काठमाण्डौमा २०८३ बैशाख २ गते (तद्नुसार १५ अप्रिल, २०२६) का दिन आयोजित एक विशेष समारोहका बीच भएको उक्त हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यूले तथा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक श्री संजय झाज्यूले हस्ताक्षर गर्नुभएको थियो । सो समझदारीपत्रमा साक्षीका रुपमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यूले र आविष्कार केन्द्रका तर्फबाट श्री उमेश जङ्ग राईज्यूले हस्ताक्षर गर्नुभएको थियो ।
समझदारी अनुसार आविष्कार केन्द्रले प्रतिष्ठानमा प्रयोग हुने गरेका सम्पुर्ण बायोमेडिकल उपकरणहरुको सुपरिवेक्षण गर्नुका साथै दैनिक आधारभूत मर्मत, केबल, सेन्सर तथा एसेसरिजहरुको मर्मत वा सो को प्रतिस्थापन, मेकानिकल मर्मत, इलेक्ट्रोनिक पार्टपुर्जा मर्मत तथा प्रतिस्थापन, पावर सप्लाई मर्मत आदि जस्ता कार्यहरु गर्नेछ ।
आविष्कार केन्द्रसँगको सहकार्यले प्रतिष्ठानमा उपकरणहरु बिग्रिएर मर्मत गर्न बाह्य विशेषज्ञ पर्खनु पर्ने बाध्यता र सो का कारण सेवा प्रवाहमा हुने ढिलाईको अन्त्य हुने र उपकरणहरुको नियमित मर्मत र उपलब्धता सुनिश्चित हुनाले सेवाग्राहीहरुले बिना कुनै रोकावट अझ परिस्कृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।