माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री श्री सस्मित पोखरेलज्यूले २०८३ बैशाख ८ गते मंगलबारका दिन प्रतिष्ठानको अनौपचारिक रुपमा भ्रमण गर्नुभएको छ । वहाँ लगायत राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद माननीय श्री श्रृजना श्रेष्ठज्यू, सचिव (शिक्षा) श्री चूडामणी पौडेलज्यू तथा पार्टीका स्थानिय प्रतिनिधिज्यूहरु पनि उक्त भ्रमणमा पाल्नु भएको थियो । वहाँहरुलाई उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यू, शिक्षाध्यक्ष प्रा.डा. संजिव कुमार शर्माज्यू, रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद संग्रौलाज्यू, अस्पताल निर्देशक डा. जगत नारायण प्रसादज्यूले स्वागत गर्नुभएको थियो । स्वागत पश्चात् उपकुलपति कार्यालयको बैठक कक्षमा भएको छोटो छलफल कार्यक्रमको क्रममा पदाधिकारीज्यूहरुले प्रतिष्ठानको शैक्षिक नीति, शैक्षिक तथा अनुसन्धान कार्यका आयामहरु आदिका सम्बन्धमा प्रष्ट्याउँदै हाल चिकित्सा शिक्षा आयोगको ऐनका कारण भएको विद्यार्थी कटौतीले प्रतिष्ठानले भोग्नु परिरहेको कठिनाईहरु, आर्थिक चुनौतीहरुका बारेमा माननीय मन्त्रीज्यूलाई आवगत गराउनु भएको थियो । त्यससँगै नेपाल सरकारले भुक्तानी दिनुपर्ने बीमाको रकमका कारण प्रतिष्ठानले चरम आर्थिक संकटको सामना गरिरहनु परेको बारे पदाधिकारीज्यूहरुले जानकारी दिँदै माननीय मन्त्रीज्यूबाट उक्त समस्याहरुको समाधानका लागि पहल हुन समेत अनुरोध गर्नुभयो । उक्त छलफल कार्यक्रममा प्रतिष्ठानका तर्फबाट शैक्षिक डीन प्रा.डा. अनुप घिमिरे, सहायक परीक्षा डीन डा. धनकेशर खड्का, मेट्रान श्री कला थापा, डेपुटी मेट्रोन श्री विष्णुमाया तामाङ्गका पनि उपस्थिति रहेको थियो ।
छलफलको क्रममा माननीय मन्त्रीज्यूले पदाधिकारीज्यूहरुको भनाइलाई अत्यन्त अभिरुचिपूर्वक सुन्दै चासो व्यक्त गनुर््भएको थियो भने सो क्रममा वहाँले राख्नुभएका विविध जिज्ञासाहरुलाई उपकुलपतिज्यू तथा पदाधिकारीज्यूहरुले आ–आप्mनो क्षेत्राधिकार अनुसार स्पष्ट पार्नुभएको थियो । उक्त छोटो छलफल पश्चात् माननीय मन्त्रीज्यूले प्रतिष्ठानले भोगिरहेको समस्या र चुनौतीहरु बार हालको सरकार जानकार रहेको र गम्भीरतापूर्वक नियालिरहेको बताउँदै समास्या समाधानका लागि सरकार सकारात्मक रहेको हुँदा प्रतिष्ठानको नीतिगत र आर्थिक जटिलताहरु फुकाउन विशेष पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
छलफल कार्यक्रमको अन्त्यमा, उपकुलपतिज्यूले माननीय मन्त्रीज्यूलाई प्रतिष्ठानको आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन प्रदान गर्नुभएको थियो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।