धरान । काठमाण्डौका सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरेर हटाउने कार्य सुरु भएपछि देशभरका भूमिहीन तथा सुकुम्बासी समुदायमा त्रास फैलिएको छ । यही सन्दर्भमा धरानमा पनि सुकुम्बासीहरूले विरोध प्रदर्शन गर्दै सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् ।
धरान–१ छाताचौकबाट सुरु भएको विरोध ¥याली सिंहदेवी र देशीलाइन हुँदै भानुचौक पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरूले संविधानले सुनिश्चित गरेको गास, बास र कपासको अधिकार वर्तमान सरकारले तानाशाही शैलीमा खोसेको आरोप लगाए । अझ उनीहरुले सुकुम्बासी बस्ती उठाएर आत्महत्या गर्नेसम्मको अवस्था सरकारले सिर्जना गरेकोले हत्याको जिम्मा अहिलेको सरकारले लिनुपर्ने बताएका थिए ,
कोणसभामा वक्ताहरूले सुकुम्बासी बस्तीहरूमा डोजर चलाएर नागरिकलाई आतंकित बनाइएको, उठिबास गराइएको तथा राज्यले आफ्नो दायित्वबाट पन्छिएको आरोप लगाए । उनीहरूले यस्तो कार्य तत्काल रोक्न, भूमिहीन नागरिकलाई व्यवस्थित बसोबासको व्यवस्था गर्न र लालपूर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
अखिल नेपाल सुकुम्बासी संघका प्रतिनिधि सुदर्शन श्रेष्ठले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएर संविधान विपरीत कार्य गरेको बताए । यो कार्यले नागरिकलाई आतंकित बनाएको बताउदै सुकुम्बासीलाई कमजोर नठान्न चेतावनी समेत दिए ।
त्यस्तै, नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रीय सचिव एवम् आन्दोलन परिचालन समितिका संयोजक सुवास राईले विकल्पविनाको जबर्जस्ती उठिबासको विरोधमा आन्दोलन गरिएको स्पष्ट पारे । उनले जबसम्म भूमिहीनलाई लालपूर्जा र व्यवस्थित बसोबास सुनिश्चित हुँदैन, आन्दोलन जारी रहने चेतावनी दिए ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘मरे चिहान, बाँचे घर’, ‘विकल्पविनाको उठिबास बन्द गर’, ‘भूमिहीनलाई लालपूर्जा दे’ जस्ता नाराहरू लगाएका थिए ।
सुकुम्बासी समस्या समाधानका लागि दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् । पछिल्ला घटनाक्रमले यस विषयमा सरकार र प्रभावित समुदायबीच संवाद र समाधानको आवश्यकता अझ टड्कारो बनाएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।