one
विज्ञापन

गौरीगञ्ज गाउँपालिकाको एक टोलीले धरान–१६ स्थित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयको अवलोकन

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । राज्यले नागरिकको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । हरेक नागरिक शिक्षा र स्वास्थ्यबाट वञ्चित हुनु नपरोस् भनेर संविधानमै व्यवस्था गरिएको छ । यसैलाई लक्षित गरी विभिन्न विद्यालयहरू सञ्चालनमा आएका छन् । अपाङ्ग तथा सवलाङ्ग दुवैको शिक्षामा समान पहुँच पुग्नुपर्छ भन्ने अभिप्रायले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरी धरान–१६ मा सुस्त मनःस्थिति बाल कल्याण विद्यालय ३९ वर्षदेखि सञ्चालनमा छ । विद्यालय सञ्चालनमा विभिन्न समस्या देखिए पनि यहाँ आएर अवलोकन गर्नेहरूले भने विद्यालयले गरेको कार्यको प्रशंसा गर्ने गरेका छन् ।

झापाको गौरीगञ्ज गाउँपालिकामा सवलाङ्ग विद्यार्थी अध्ययन गर्ने धेरै विद्यालय भए पनि अपाङ्गमैत्री विद्यालय भने सायदै छन् । विशेषगरी बौद्धिक अपाङ्गता भएका बालबालिका घरमै सीमित छन् र उनीहरूले शिक्षाको अवसर प्राप्त गर्न सकेका छैनन् । यसै कारण गौरीगञ्ज गाउँपालिकाको एक टोलीले धरान–१६ स्थित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयको अवलोकनपछि बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पनि प्रभावकारी रूपमा शिक्षादिक्षा दिन सकिने कुरा प्रत्यक्ष रूपमा बुझेको छ ।
गाउँपालिकाको अपाङ्गता पुनस्र्थापना कार्यक्रमअन्तर्गत प्रदेश, स्थानीय तह तथा विभिन्न संस्थासँग सम्बन्धित अध्ययन तथा अवलोकन भ्रमणका क्रममा गौरीगञ्ज गाउँपालिकाको टोली धरानस्थित सुस्त मनःस्थिति बाल कल्याण विद्यालयमा आएको हो । सो अवसरमा बोल्दै गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुनम न्यौपाने कुँवरले विद्यालयको अवलोकनपछि बौद्धिक अपाङ्गता भएका तथा घरमै रहेका यस्ता बालबालिकालाई पनि उचित शिक्षादिक्षा दिन सकिने ज्ञान प्राप्त भएको बताउनुभयो ।

यस्तै, अपाङ्गता सहायता सहजकर्ता कुसुम कर्णाकारले विद्यालयको अवलोकनपछि बौद्धिक अपाङ्गता भएका बालबालिकाको मनोभावना बुझेर उनीहरूसँग नजिक हुन सकिने कुरा सिक्न पाएको बताउनुभयो । उहाँले यस्ता बालबालिकाको पीडा र आवश्यकता बुझ्न प्रत्यक्ष सम्पर्क र निकटता आवश्यक हुने उल्लेख गर्नुभयो ।

यस विद्यालयमा चार प्रकारका बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययनरत रहे पनि अटिजम भएका बालबालिकालाई शिक्षण गर्न तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण हुने विद्यालयकी प्रधानाध्यापक आरती थापा कार्कीले जानकारी दिनुभयो । उहाँले विद्यार्थी संख्या्याअनुसार शिक्षक तथा कर्मचारीको दरबन्दी नहुँदा विद्यालय सञ्चालनमा समस्या भइरहेको बताउनुभयो ।

हाल विद्यालयमा ९० भन्दा बढी बौद्धिक अपाङ्गता भएका विद्यार्थी अध्ययनरत छन् । २०४४ सालमा स्थापना भएको यस विद्यालयले स्थापना कालदेखि नै हजारौँ बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको छ । यस्ता विद्यालयमार्फत लक्षित वर्गलाई सम्मानजनक र व्यवहारिक शिक्षा प्रदान गर्न सकिन्छ भन्ने उदाहरण पनि यसले प्रस्तुत गरेको छ ।
तीनै तहका सरकारले यस्ता विद्यालयको अवलोकन मात्र नभई यहाँ भएका सकारात्मक अभ्यासको अनुसरण गर्दै अगाडि बढ्न सकेमा मात्र यस्ता अध्ययन तथा अवलोकन भ्रमणले सार्थकता पाउनेछ । अन्यथा यस्ता भ्रमणहरू केवल अवलोकनमै सीमित रहनेमा दुई मत छैन ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
0
विज्ञापन