one
विज्ञापन

वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केएचडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको सहकार्यमा जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरको आयोजना

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केएचडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको सहकार्यमा जेष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
शिविरबाट १ हजार ६ सय भन्दा बढी जेष्ठ नागरिकहरुले स्वास्थ्य लाभ लिएको समाजकी अध्यक्ष दिव्यश्वरा गौतमले जानकारी दिनुभयो ।

यसमा स्थानीय सरकार धरान उपमहानगरपालिका वडा नं. ६ ले भरपुर सहयोग पु¥याएको छ । स्वास्थ्यको पहुच नपुगेका, अस्पतालसम्म जान नसक्ने वर्गलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर लाभदायक भएको नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष एवम् इन्द्रप्रस्थ जेष्ठ नागरिक समाजका अगुवा बासुदेव गौतमले बताउनुभयो । जेष्ठ नागरिकमा स्वास्थ्य सचेतना नहुने, सिकिस्त भएपछि मात्र अस्पतालसम्म पुग्ने अवस्था भएकोले स्वास्थ्य चेकजाँचसँगै सचेतनामूलक कार्यक्रम गर्दै आयोजना गरिएको स्वास्थ्य शिविर लाभदायक भएको बताउनुभयो ।

शिविरबाट जेष्ठ नागरिकहरुले गाउँमै विशिष्ट चिकित्सकहरुद्वारा मृगौलामा हुने समस्या, उच्च रक्तचाप, मधुमेह र मुटु सम्बन्धी समस्या भएका जेष्ठ नागरिकहरुले भरपुर फाइदा उठाएका थिए ।
स्थानीय सरकारको प्रत्याभूति दिनकै लागि जेष्ठ नागरिकका हरेक कार्यक्रममा सहयोग पु¥याउदै आएको ६ नंं वडा कार्यालयले बार्षिक क्यालेन्डरमा राखेर निरन्तता दिने जनाएको छ । वडाध्यक्ष भुपेन्द्र भट्टराईले नागरिकको स्वास्थ्यमा स्थानीय सरकार गम्भीर भएकोले यसलाई निरन्तता दिने बताउनुभयो ।

स्थानीय सरकार धरान ६ ले यस भन्दा अगाडि वैसाख कृष्ण औँसीका दिन मनाइने मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनमा सबैले आ आफ्ना ढंगबाट आमालाई मिठो मसिनो, राम्रो लुगा कपडा लगाइ दिएर मनाएका थिए । ज्येष्ठ नागरिकको सम्मान स्वरुप स्थापना भएको इन्द्रप्रस्थ ज्येष्ठ नागरिक समाजले वडा कार्यालयसँग समन्वय गरेर सामाजिक सुरक्षा भत्ता घर घरमा पु¥याइदने, साँस्कृतिक कार्यक्रम भजन कीर्तन संगीत जस्ता कार्यक्रममा जेष्ठ नागरिकसँगै युवा पुस्तालाई समावेश गरेर आयोजना गर्ने लगायतका धेरै कार्यक्रम गरिदै आएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन