धरान । वि.सं. २०२८ सालमै स्थापना भएको कोशी प्रदेशकै शैक्षिक हबका रूपमा रहेको धरान–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस (हात्तीसार) को प्रशासनिक भवन जीर्ण भएर काम गर्न नसक्ने अवस्थामा पुगेपछि कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ प्रशासनिक भवन निर्माण भइरहेको छ। पुरानो भवनबाट प्रशासनिक काम सञ्चालन गर्न समस्या हुँदै आएको भए पनि नयाँ भवन निर्माण सम्पन्न भएपछि कामकाज सहज हुने भएको छ ।
कोशी प्रदेश सरकारको तीन करोड रुपैयाँ आर्थिक सहयोगमा सो भवन निर्माण सुरु भएको हो। कोशी प्रदेशकै शैक्षिक हबका रूपमा परिचित यस क्याम्पसमा अध्ययनका लागि नेपालका सातवटै प्रदेशबाट विद्यार्थी आउने गरेका छन्। प्राविधिक धारको पढाइ हुने यस क्याम्पसको सञ्चालक समितिमा कोशी प्रदेशकी सांसद यसोदा कायस्थ सदस्य रहनुभएको छ। उहाँकै पहलमा तीन करोड रुपैयाँ विनियोजन भएपछि सो भवन निर्माण गरिएको हो ।
प्रशासनिक भवन जीर्ण भएपछि काम गर्न अप्ठेरो भएको महसुस गरी गत आर्थिक वर्ष ०८२÷०८३ मा बहुवर्षीय योजनाअन्तर्गत तीन करोड रुपैयाँ बजेट विनियोजन गरेर प्रशासनिक भवन निर्माण सुरु गरिएको कोशी प्रदेशकी सांसद यसोदा कायस्थले बताउनुभयो । उहाँले आर्थिक वर्ष ०८२÷०८३ मा दुई करोड रुपैयाँ र यस आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन भएपछि धमाधम भवन निर्माण भइरहेको जानकारी दिनुभयो । धरानका चारवटा आंगिक क्याम्पसमध्ये केन्द्रीय प्रविधि क्याम्पस कोशी प्रदेशकै नमुना क्याम्पस रहेको उहाँले बताउनुभयो ।
भवन निर्माण भएपछि प्रशासनिक काम सहज हुने क्याम्पस प्रमुख बसन्त राईले जानकारी दिनुभयो । उहाँले २०३० सालमा बनेको प्रशासनिक भवनले जेनतेन काम चलाइरहेको बताउनुभयो । भवन जीर्ण भइसकेपछि क्याम्पसले नयाँ भवन बनाउने योजना अघि सारे पनि निर्माण गर्न नसकिरहेको अवस्थामा कोशी प्रदेश सरकारले नयाँ प्रशासनिक भवन निर्माणमा सहयोग पु¥याएको उहाँले बताउनुभयो । साथै, भवन निर्माणका लागि पहल गरिदिनुहुने सांसद कायस्थ तथा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
निर्माण हुदै गरेको प्रशासनिक भवनको सुरुमा दुईतले भवन निर्माण गर्ने र अर्को वर्ष एक तला थप्ने योजना अघि सारिएको छ । यो भवन निर्माण सम्पन्न भएपछि त्यहाँ अध्ययनरत विद्यार्थी, क्याम्पसका प्राध्यापक तथा कर्मचारीसमेत लाभान्वित हुनेछन्। क्याम्पसमा कुनै कार्यक्रम आयोजना गर्दा सुविधासम्पन्न कन्फ्रेन्स हलको अभाव रहेकाले भवनसँगै एउटा कन्फ्रेन्स हल निर्माणमा पनि सहयोग गर्न प्राध्यापकहरूले माग गरेका छन् ।
कोशी प्रदेशकै एकमात्र केन्द्रीय प्रविधि क्याम्पसमा हाल बी.टेक. इन फुड टेक्नोलोजी, बी.एस्सी. न्यूट्रिसन एण्ड डाइटेटिक्स, बी.एस्सी. (फिजिक्स, जियोलोजी, माइक्रोबायोलोजी), बी.एस्सी. सीएसआईटी, ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी द्यक्ष्त् तथा एम.एस्सी. माइक्रोबायोलोजीका कक्षाहरू सञ्चालन भइरहेका छन् । पुराना भवन भएकै कारण अन्य भवनहरू पनि मर्मतसम्भारको आवश्यकता रहेको छ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि यस्ता भवनहरूको समयमै मर्मत तथा संरक्षण आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।