one
विज्ञापन

लिच्छिवीकालीन राजाको समयदेखि चल्दै आएको नेवारी संंस्कृति लोप हुने अवस्थमा पुगेपछि नेवार समुदायले यस्ता सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानलाई अगाडि बढाएका छन् ।

Article Image

धरान । लिच्छिवीकालीन राजाको समयदेखि चल्दै आएको नेवारी संंस्कृति लोप हुने अवस्थमा पुगेपछि नेवार समुदायले यस्ता सँस्कृतिलाई पुस्तान्तरण गर्ने अभियानलाई अगाडि बढाएका छन् । नेवा : साँस्कृतिक उत्थान मञ्चले नेवारी सँस्कृतिमा प्रयोग हुने धिमे बाजा, कलशोभा नृत्य तथा बासुरी बाध्यवाधन र दाफा भजन पोराणिक चर्या नृत्य जस्ता नेवारीहरुको साँस्कृतिक परम्परागत सँस्कृतिलाई जोगाउनका लागि युवा पुस्ता लक्षित ६० दिने प्रशिक्षण धरानमा शुरु गरेको हो ।

पछिल्लो समयमा तीनतहका सरकारले सबै जातजातिको भाषा, सँस्कृति र पहिचानका लागि आर्थिक सहयोगसँगै संरक्षण अभियानलाई सहयोग पुर्‍याउँदै आएको छ । नेवारी समुदायको पुरानो लोक सँस्कृति, विभिन्न चाँडपर्वमा बजाइने बाजा लिच्छिवी कालीन राजाको समयबाट शुरुवात भएपनिअहिले लोप हुने खतरा बढेपछि यसलाई बचाउन नेवारीहरुको संस्था नेवा : साँस्कृतिक मञ्चले अभियान चलाएपछि धरान उपमहानगरपालिकाको संयोजनमा वन तथा पर्यटन विकास मन्त्रालयको सहकार्य तथा समन्यसँगै सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको अनुदानबाट ६० दिने प्रशिक्षण शुरु गरिएको हो ।
झिँगु समाज धरान ३ को सभाहलमा शुरु भएको सो तालिममा प्रशिक्षकको भूमिका रहनु भएका अग्रज छत्र कुमार शाक्यले नेवारी समुदायको पुख्यौली संस्कृति, पुख्यौली बाजाको चाडपर्व तथा विभिन्न साँस्कृतिक कार्यक्रममा प्रयोग गरिने गरिन्छ । यस्ता वाजाहरु लोप हुन नदिन पुस्ता हस्तान्तरणका लागि तालिमको आयोजना गरिएको बताउनुभयो ।

वास्तवमै कुनै पनि जातिको पहिचान भनेकै त्यो जातिको भाषा, सँस्कृति नै हो । लिच्छिवी कालीन राजाको पालादेखि चलिआएको नेवारी संस्कृतिलाई निरन्तरता दिनका लागि आफूहरु हरसम्भव प्रयासरत रहेको नेवारी समुदायका अर्का साँस्कृतिक अभियन्ता एवम् नेवा:साँस्कृतिक उत्थान मञ्चका सस्थापक अध्यक्ष नविनकिशोर तमोटले जानकारी दिनुभयो । उहाँले अहिले धरानमा डाफा भजन गर्ने ८ देखि ९ जना, खे बाजा बजाउने १ जना, हारमोनियम बजाउने दुईजना रहेका छन् । भैपरि आएर विरामी पर्दा यी बाजा बजाउने नै कोही नहुने भएपछि संंख्या थप्नका लागि दिएको तालिम प्रभावकारी हुने बताउनुभयो ।

त्यसो त नेवारी समुदायका युवाहरु समेत नेवारी सँस्कृतिका अभियन्तालाई पछ्याउने प्रयास गरिरहेका छ्न् । भोजपुरको टक्सार यस्ता साँस्कृतिक बाजागाजाको उद्गम क्षेत्र मानिएको हुनाले युवा पुस्ताले त्यहाँ सम्म पुगेर प्रशिक्षण लिएको बताएका छन् ।

यता कोशीप्रदेशकी सांसद यसोदा कायस्थले नेवा: साँस्कृतिक उत्थान मञ्चले आफ्नो भाषा, सँस्कृति, बाजागाजा बजाउन सिकाउने लगायतका तालिमहरु दिएर उदाहरणीय काम गरेको प्रति धन्यवाद दिनुभयो । उहाले सबै जातजातिका भाषा, सँस्कृतिका लागि सरकारले समेत संरक्षणको नीति लिएकोले कोशीप्रदेश सरकारले समेत भरपुर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

पछिल्लो समय सबै जातजातिले आफ्नो भाषा, सँस्कृतिलाई जोगाउदै पहिचालाई मेट हुन नदिनेमा अग्रसर भएको पाइएको छ । भाषा र संस्कृतिलाई नामेट हुन नदिन युवापूस्तालाई हस्तान्तरण गर्ने यस्ता खालका कार्यक्रम पहिचान स्थापित गर्न सहयोग पुग्नेमा दुई मत छैन ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन