one
विज्ञापन

खनार चोकमा १० किलो गाँजासहित दुई जना पक्राउ साथै सुनसरीको देवानगञ्ज गाउँपालिकामा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद ......

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

सुनसरी
सुनसरीको खनार चोकमा प्रहरीले चेकजाँचका क्रममा १० किलो गाँजासहित एक महिला र एक पुरुषलाई अटोसहित पक्राउ गरेको छ।
प्रहरी चौकी खनारका अनुसार नियमित चेकजाँचका क्रममा उनीहरूलाई गाँजासहित पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, खनारमा कोठा भाडामा बस्दै आएका समिर मगरलाई प्रतिबन्धित औषधिसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, सम्झना टोलका एक व्यक्ति भने फरार रहेको बताइएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान तथा फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
देवानगञ्जमा करिब ४ सय किलो गाँजा बरामद, मोटरसाइकलसहित प्रहरीको नियन्त्रणमा
देवानगञ्ज गाउँपालिका र हरिनगर जोड्ने पछाडिको बाटोमा रहेको एउटा सानो झोपडीमा लुकाएर राखिएको अवस्थामा प्रहरीले १४ पोका गाँजा, करिब ४ सय किलो र २२० सीसीको इन्डियन पल्सर मोटरसाइकल बरामद गरेको हो।
देवानगञ्ज इलाका प्रहरी कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त लागूऔषध तथा मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पु¥याएको जनाइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। गाँजा कसले र कुन उद्देश्यले त्यहाँ राखेको थियो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन