धरान । जेनजी आन्दोलनले थिलथिलो भएको बेला आय स्रोत कम भएका
सर्वसाधारणलाई धरान १९ स्थित अपांग तथा असहाय केन्द्रले २० परिवारलाई
खाद्यान्नसँगै अत्यावश्यक सामाग्री वितरण गरेको छ ।
जेनजी आन्दोलनले मुलुक थिलथिलो भएको बेला हुदा खाने मात्र हैन
हुने खानेको समेत यस बर्षको दशै खल्लो भएको छ । भदौ २३ र २४
गतेको आन्दोलनका कारण मुलुकमा ७० जना भन्दा बढीले ज्यान गुमाए
भने अरबौ खरबौको नीजि तथा सरकारी भवनहरु ध्वस्त भए । आन्दोलनकै
कारण जोहो गरेर दशै मनाउनेहरुका लागि यस बर्ष दशै भन्दा पनि दशा
भित्रिएझै महसुस सर्वसाधारणले गरेका छन् ।
आफ्नो संस्थाले यथाश्य सहयोग गर्ने र नसकेको अन्य दातासँग सहयोग
जुटाएर अपांग तथा असहाय परिवारलाई दशैंको मुखमा सहयोग गर्दै
आएको खाद्यान्न वितरणले राहत मिलेको छ । संस्थाले खाद्यान्नमात्र हैन
आर्थिक संकट भएका अपाग तथा असहायहरुलाई जटिल प्रकारका विरामीका
लागि निःशुल्क उपचारसँगै बालबालिकालाई निःशुल्क शिक्षा, छात्रवृत्ति
लगायतमा सहयोग गर्दै आइरहेको छ ।
यस पटकको सहयोग निम्न आय भएका विद्यार्थीहरु अध्ययन गर्ने
विद्यालयलाई छनौट गरेर सहयोग गर्नका लागि अग्रवाल महिलाहरुद्वारा
सञ्चालित एकल विद्यालयले गरेको हो । संस्थाकी अध्यक्ष आरती अग्रवालले
गरिब तथा असहाय विद्यालयहरुलाई सहयोग गर्नकै लागि एकल विद्यालय संस्था
गठन गरिएको बताउदै सुनसरीमा रहेका यस्ता विद्यालय छनौट गरेर शिक्षासँगै
अतिरिक्त क्रियाकलापमा सहयोग गर्दैै आएको बताउनुभयो ।
एक विद्यालय संस्थाले दशैकै मुखमा अपांग तथा असहाय २० परिवारहरूलाई
बितरणसँगै ३ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री गरेको थियो भने
विगत देखि नै स्तन क्यान्सरबाट पीडित मोरबकी ४१ बर्षीय सञ्जु सार्कीको
उपचारमा सहयोग पु¥याउने उद्देश्यले २१ हजार प्रदान गरिएको थियो ।
सो अवसरमा सहयोग पु¥याउनेलाई संस्थाकातर्फबाट धन्यवाद दिइएको
थियो । सहयोगी हातहरु बढ्दै गएकोले सहयोग गर्न सहज भएको
बताइएको थियो ।
जस्तोसुकै परिस्थितिमा सहयोग जुटाएर लक्षित वर्गलाई सहयोग गर्दै आएको
यो संस्थाका कारण उनीहरुले अहिलेको विषम् परिस्थितिमा ठूलो राहत
मिलेको महसुस गरेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।