one
विज्ञापन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक

Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ नेतृत्वको नगर कार्यपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नयाँ बजेट शनिबार भएको १७ औं नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघाले नीति तथा कार्यक्रमसहित सार्वजनिक गरेका छन् ।

तीन महिनाको ढिलाइपछि आएको बजेटमा आगामी वर्ष आन्तरिक स्रोतबाट ८० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड, सडक बोर्डबाट २ करोड, र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेट धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम वेघाले प्रस्तुत गरेका थिए ।

धरान उपमहानगरको बजेटमा सहरी योजना तथा भौतिक पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ । यसतर्फ ६६ करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी, शिक्षा, युवा तथा खेलकुदतर्फ ४६ करोड ८५ लाख, स्वास्थ्यतर्फ ७ करोड, सामाजिक विकासतर्फ ४ करोड ८६ लाख, वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ २ करोड ७४ लाख, आर्थिक विकासतर्फ १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनतर्फ २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ १५ लाख, राजस्व परिचालनतर्फ ४३ लाख र नगर भिजन कार्यक्रम अन्तर्गत ५ करोड ५ लाख विनियोजन गरिएको छ भने धरानका २० वटै वडाहरूका लागि कूल २१ करोड रुपैयाँ छुट्याइएको छ ।गत आर्थिक वर्ष २०८१÷०८२ मा धरान उपमहानगरपालिकाले कूल १ अर्ब ९१ करोड २७ लाख रुपैयाँ राजस्व आर्जन गरेको थियो । सोही अवधिमा १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
यसैगरी अनुदान तथा विनियोजन कुल बजेटमा निसर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, सर्तसहितको अनुदानः ६० करोड ५६ लाख, समपूरक बजेटः १ करोड ८२ लाख, विशेष अनुदान ५ करोड ४३ लाख राखिएको छ ।
सो अवसरमा धरान नगर अस्पताल निर्माणका लागि धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले २ करोड बजे्ट छुट्याएको बताउनुभएको थियो भने कोशी प्रदेश सांसद यसोदा कायस्थले पनि प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनुभएको थिया ।

मेयर, उपमेयर तथा वडासदस्य तथा कार्यपालिका सदस्यबीचको आन्तरिक द्वन्द्ध, त्यसपछि मुलुकमा भएको जेनजी आन्दोलन लगायतले धरान उपमहानगरपालिकाको बजेट समयमै सार्वजनिक हुन सकेको थिएन ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन