धरान । जेनजी आन्दोलनपछि कमजोर भएको प्रहरीको मनोबल पुनः
उच्च बनाउन धरान उपमहानगरपालिका वडा नम्बर १६ का स्थानीय
बासिन्दाले सक्रिय भूमिका खेलेका छन् । चाडपर्वको समयमा हुने चोरी,
डकैती तथा असामाजिक गतिविधिहरू नियन्त्रण गर्न स्थानीय सरकारको
समन्वयमा प्रहरीलाई साथ दिने घोषणा गर्र्दै वडाबासी सुरक्षामा एकताबद्ध
बनेका हुन ।
धरान १६का स्थानीयहरुले प्रहरीले शान्ति सुरक्षाको जिम्मेवार वहन गरे पनि
उनीहरुलाई स्थानीयले साथ दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले
प्रहरी बर्दीधारी सुरक्षाकर्मी भए पनि स्थानीय बासिन्दा विना बर्दीका
सुरक्षाकर्मी भएको उल्लेख गर्दे थोरै भए पनि सावधानी अपनाउन सकिएको
खण्डमा आफ्नो वडालाई सुरक्षित बनाउन सकिने धारणा व्यक्त गरेका
छन् ।
जेनजीको आन्दोलनपछि प्रहरीको मनोबल उच्च बनाउदै प्रहरीलाई
साथ सहयोग गरेर अगाडि बढ्नुपर्ने धारणा उनीहरुले अघि सारेका छन् ।
धरान १६ ले चाडपर्वका समयमा आफ्नो वडालाई सुरक्षित बनाउने विषयमा
प्रहरी प्रशासनसँग स्थानीय सरकारको अगुवाईमा गरेको छलफलमा
स्थानीय बासिन्दाले यस्तो निष्कर्ष निकालेका हुन् ।
धरान उपमहानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले
अभिभावकले आफ्ना नानीहरुप्रति खेल्ने भूमिकाकै कारण टोल टोलमा
अशान्ति कायम भएको बताउदै अभिभावक थोरैमात्र गम्भीर बनेको समयमा
सुरक्षा चुनौतिमा न्यूनिकरण भएर जाने तर्क राख्नुभयो ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी भिषणबाबु राईले समस्या
समाजबाटै निम्तिने भएकोले समस्याको समाधान सबै मिलेर समाजबाटै
अन्त्य गर्नुपर्ने बताउनुभयो ।
जेनजी आन्दोलनपछि प्रहरीको मनोभावनालाई उच्च बनाउदै स्थानीय
तथा स्थानीय सरकारले शान्ति सुरक्षाको सवालमा सहकार्य गर्ने कामलाई
धरानमा तिब्रता दिँदै आएको छ । यसले समाजमा हुने अराजक गतिविधि,
चोरीका घट्नालाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्न सहज हुने
अपेक्षा सबै पक्षले गरेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।