धरान । आयातित फूललाई विस्थापित गर्ने नीति अनुरुप गत वर्षदेखि सुरु गरिएको स्थानीय फूल प्रवद्र्धन अभियानले फूल कृषक र व्यापारीलाई मनग्य फाइदा दिलाए पनि बजारमा फूलको अभाव देखिँदा उपभोक्ता भने मारमा परेका छन् । यस वर्ष धरानमा भारतीय फूल भित्रिन नपाएको र स्थानीय उत्पादन पनि पर्याप्त नभएकाले उपभोक्ताहरूले महँगोमा फूल खरिद गर्न बाध्य भएका हुन् ।
गत वर्षको तिहारमा धरानस्थित कृषि उपज बजारमा स्वदेशी तथा विदेशी गरी ४ लाख थान माला बिक्री हुँदा १ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कृषि बजार व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष स्थानीय फूल प्रशस्त फुलेका कारण ३० देखि ४० रुपैयाँ प्रतिमुठा दरमा बिक्री भएका फूल मागभन्दा बढी भित्रिएपछि केही कृषकले उत्पादन खेर फाल्नुपरेको अवस्था आएको थियो ।
तर यस वर्ष भने स्थिति पूर्णतः उल्टो देखियो । बजारमा फूल कम भित्रिएपछि उपभोक्ताले बढीमूल्यमा फूल खरिद गर्नुपर्ने अवस्था सिर्जना भयो । कृषि बजारमा आएका उपभोक्ताले आवश्यक फूल पाउनै गाह्रो भएको गुनासो गरेका छन् ।
हाल बजारमा सयपत्री, गोदावरी, मखमलीलगायतका फूल १५० देखि २५० रुपैयाँ प्रतिमुठासम्ममा बिक्री भइरहेका छन्। पूर्वी पहाडी जिल्लाहरू धनकुटा, तेह्रथुम, संखुवासभालगायतबाट ल्याइने यी फूल कम फुले पनि मूल्य बढेका कारण कृषक र व्यापारीले राम्रो मुनाफा कमाएको दाबी गरेका छन् । यस वर्ष फूल कम फुलेकै कारण मूल्य चुलिएको धनकुटाका फूल कृषक मोती राई बताउछन् ।
गत वर्ष कृषि बजारका थोक विक्रेताका गोदाम फूलले भरिभराउ हुने गर्थे । तर यस वर्ष गोदामहरू झन्डै खालीजस्तै देखिए । भारतीय फूल नआएको र स्थानीय उत्पादन पनि पर्याप्त नभएकाले मूल्य वृद्धि भएको व्यापारीहरु बताउँछन् ।
कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस वर्ष गत वर्षको तुलनामा केवल २५ प्रतिशत फूल मात्र बजारमा भित्रिएको छ। यद्यपि, आपूर्ति कम र मूल्य अत्यधिक रहेकाले यस वर्ष २ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।
भारतीय फूल आयात रोक्दै स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने अभियान गत वर्षदेखि नै लागू गरिएको हो । तर गत वर्ष स्वदेशी फूल प्रशस्त फुल्दा मागभन्दा धेरै फूल बजारमा आएर मूल्य घटेको थियो । यो वर्ष भने तिहार चाँडै परेको र उत्पादन घटेकाले उपभोक्ता महँगीको चपेटामा परेका छन् भने कृषक र व्यापारी लाभान्वित बनेका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।