धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फोहोर व्यवस्थापनामा सहयोग पुगोस् भन्ने अभिप्रायले धरानका समाजसेवी अशोक अग्रवालले ५ वटा डस्विन प्रतिष्ठानलाई सहयोग गर्नुभएको छ ।
क्लोथ फाउन्डेशन धरानको पहलमा अशोक अग्रवालले प्रदान गर्नुभएको डस्विन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम श्रेष्ठ, अस्पताल निर्देशक डा. जगत नारायणलाई प्रतिष्ठानमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै क्लोथ फाउण्डेशनका अध्यक्ष विनय प्रधानले प्रतिष्ठानमा भएको फोहोर व्यवस्थापनमा सहयोग पुगोस् भन्ने अभिप्रायले फाउन्डेशनको पहलमा समाजसेवी अशोक अग्रवालमार्फत प्रदान गरिएको बताउनुभयो ।
प्रदान गरेको सो डस्विनले प्रतिष्ठानको फोहोर व्यवस्थापनामा सहयोग पुग्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठानमा अहिले आर्थिक संकट परेको बेला सहयोग गरेको यस्ता समाग्रीले सहयोग पुग्ने बताउनुभयो ।
अग्रवालले समस्या भएका विभिन्न ठाउँमा सहयोग गर्दै आउनु भएको छ । उहाँले धरान १९ स्थित अपांग तथा असहाय केन्द्रलाई खाद्यान्न लगायतका विभिन्न सहयोग नियमित प्रदान गर्दै आउनुभएको छ । यसपटक क्लोथ फाउन्डेशनको सहयोगमा अग्रवालले ५ वटा डस्विन प्रतिष्ठानलाई सहयोग गर्नुभएको हो ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।