one
विज्ञापन

अपांग तथा असहायहरुलाई दुई महिने सिलाई बुनाई तालिम

Article Image
Article Image

धरान । अपांग तथा असहायहरुलाई तालिम दिँदै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको डिप्लोमा हेण्डिक्राफ्‌स एण्ड सिलाई कटाई तालिम केन्द्र धरानले अपांग पुनर्स्थापना केन्द्रसँग समन्वय गरेर दुई महिने सिलाई बुनाई तालिमको आयोजना गरेको छ । शारीरिक रुपमा आफै पनि अशक्त हुदाहुदै ठूलो संघर्षपछि तालिम केन्द्र खोलेर हजारौलाई रोजगारी प्रदान गर्नु भएकी संस्थाकी अध्यक्ष डम्बर कुमारी मास्के अहिले अपांग तथा असाहाय केन्द्रको अध्यक्ष हुनुहुन्छ । अध्यक्ष भएदेखि नै उहाँले धेरै असाहाय महिलाहरुलाई सिलाई बुनाईको निःशुल्क तालिम दिँदै आउनु भएको छ ।
अपाग तथा असायलाई जीवन निर्वाह गर्न सहज होस् भन्ने अभिप्रायले सिलाई केन्द्रकी सञ्चालक एवम् पुनर्स्थापना केन्द्रकी अध्यक्ष डम्बरकुमारी मास्केले १५ जना महिलालाई दुई महिने सिलाइ बुनाई तालिम दिनुभएको हो ।
धरान ७ स्थित डिप्लोमा हेण्डिक्राफ्‌टस एण्ड सिलाइ कटाई तालिम केन्द्रमा बुधबारदेखि शुरु गरिएको तालिमको लक्ष्य असहाय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्य रहेको छ । सहभागीहरुलाई निःशुल्क वेसिक तथा एड्भान्स सिलाई तालिम दिइनेछ ।
विगतमा पनि विभिन्न दाताहरुसँग समन्वय गरेर सिलाई कटाई तालिमसँगै आत्मनिर्भर बनाउन मेसिन समेत प्रदान गर्दै आएको अपांग पुनर्स्थापना केन्द्रले असहाय महिलाहरुलाई स्वरोजगार बनाउन दिएको तालिम प्रभावकारी हुने केन्द्रका निर्देशक सुनिल खड्काले बताउनुभयो । यो तालिमबाट स्वरोजगार बनाउन सहयोग पुग्ने बताउदै सहभागी महिलारुलाई शुभकामना दिनुभयो ।
शुरुमा वेसिक तालिम प्रदान गर्ने र सहभागीहरुलाई परीक्षा लिने परिक्षा पश्चात छानिएका महिलाहरुलाई एड्भान्स तालिम दिने तालिम केन्द्रकी सञ्चालन एवम् पुनर्स्थापना केन्द्रकी अध्यक्ष डम्बरकुमारी मास्केले बताउनुभयो ।
उहाँले तालिमकै लागि भनेर अस्ट्रेलियाबाट सहयोगी हातहरुले पठाएको रकमबाट तालिम प्रदान गर्नुभयो । वास्तवमै लक्षित वर्गलाई दिएको यो तालिम प्रभावकारी हुने र घरमै महिलाहरुलाई स्वरोजगार बन्ने अवसर मिल्नेछ । दाताले दिएको खाद्यान्न, लत्ता कपडाले तत्कालको समस्या टरे पनि यस्ता तालिमले दीर्घकालीन जीवननिर्वाहमा सहयोग पुग्ने भएपछि सहभागी महिलाहरु समेत उत्साहित देखिएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
3
विज्ञापन