धरान । भगवान श्री सत्य साई बाबाको जन्मोत्सव देशभरका साइ मन्दिर तथा भक्तजनहरुको घर घरमा भक्तिभावका साथ मनाइदै छ । बिहानैदेखि मन्दिरहरूमा पूजापाठ, आरती, भजन–कीर्तन तथा विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू आयोजना गरिए । धरानमा पनि साईबाबाको जन्मोत्सव छ दिने कार्यक्रमको आयोजना गरि धुमधामका साथ मनाइदैे छ ।
साताव्यापी रुपमा मनाइएको सो जन्मोत्सवमा शिक्षा दिवसको रुपमा मनाइएको थियो । धरानमा रहेका बालविकास केन्द्रका विद्यार्थीहरु सहितको झाकी ¥यालीले धरानको परिक्रममा गरिएको आयोजक समितिले जनाएको छ । ¥यालीपश्चात प्रसाद ग्रहण समेत गरिएको थियो ।
साइबाबाको १ सय बर्षको जन्मदिनमा आयोजकले नारी दिवस अन्तर्गत अस्पतालमा गएर विभिन्न सामाग्री वितरण गरेको थियो भने साइबाबाले नारीको सम्मान स्वरुप हरेक महिनाको अग्रेजी १९ तारेखका दिन नारी दिवस मनाउने गरिएको छ । त्यसबेला अस्पतालमा गएर विरामीको सेवा गर्ने, सुत्केरी महिलाको सेवा गर्ने भए पनि बर्षको एक दिन अर्थात साइबाबाको जन्मोत्सवको दिन भने भव्यताका साथ मनाउने गरिएको आयोजकले जनाएको छ ।
जन्मोत्सवको अवसरमा आयोजना गरिएको शिक्षा दिवसको अवसरमा बिभिन्न बालबिकाशका बिध्यार्थीहरुले भगवान सत्य साई बाबाको जीवन कथामा आधारित नाटक, भजन, नृत्य प्रस्तुत गरेका थिए ।
भक्तहरूले साइबाबाको जीवन र शिक्षाबारे प्रकाश पार्ने साई सत्चरित्र पुस्तकको सामूहिक पारायण गर्ने, कतिपय मन्दिरमा सप्ताहव्यापी पारायण कार्यक्रम जारी राख्ने समेत गरिएको छ ।
साइबाबाको “सबका मालिक एक” र “सेवा नै सबैभन्दा ठूलो पूजा” भन्ने सन्देशअनुसार विभिन्न सामाजिक सेवाका कार्यक्रम पनि सञ्चालन गरिने गरिएको छ । अन्नदान, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर र असहाय, वृद्ध तथा अनाथलाई सहयोगसमेत गर्ने गरिएको छ
साइबाबा जन्मोत्सवका कार्यक्रमहरूले भक्तजनहरूलाई आध्यात्मिक अनुभूति दिलाउँदै समाजसेवामा प्रेरित गर्ने गरेको आयोजकले जनाएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।