one
विज्ञापन

धरान खेलकुद मञ्चको आयोजनामा सुरु गरिएको धरान खेलकुद महोत्सव मंसिर २५ देखि पुस १० गतेसम्म सञ्चालन

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । खेलकुदको सहर बनाउने अभिप्रायले पहिलो पटक आयोजना गरिएको धरान खेलकुद महोत्सव विहीबारदेखि भव्य रूपमा सुरु भएको छ । उदघाटनकै दिन धरानलाई आधिकारिक रूपमा ‘खेलकुदको सहर’ घोषणा गरिएसँगै महोत्सवले ऐतिहासिक पृष्ठभूमिबाट सुरुआत गरेको छ ।
धरानलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले धरान खेलकुद मञ्चको आयोजनामा सुरु गरिएको धरान खेलकुद महोत्सव मंसिर २५ देखि पुस १० गतेसम्म सञ्चालन हुनेछ । धरान रंगशालाको तल्लो मैदानमा भएको उद्घाटन समारोहको उद्घाटन नेपालका पूर्व राष्ट्रिय खेलाडी तथा कोच राजुकाजी शाक्यले गर्नुभयो । सोही अवसरमा उहाँले धरानलाई औपचारिक रूपमा ‘खेलकुदको सहर’ घोषणा गर्नुभयो ।
१५ दिनसम्म चल्ने महोत्सव पूर्णतः खेलकुद केन्द्रित रहेको आयोजकले जनाएको छ । यस अवसरमा नेपाली फुटबल क्षेत्रमा दीर्घकालीन योगदान पु¥याएको भन्दै प्रमुख अतिथि राजुकाजी शाक्यलाई नगद २५ हजार र दोसल्ला प्रदान गरी सम्मान गरिएको थियो । साथै धरानमा पहिलो पटक जिमखाना स्थापना गरी ‘नेपालको बलियो मान्छे’ उपाधि हासिल गर्नुभएका स्व. राजभगत प्रधानाङ्गलाई मरणोपरान्त सम्मान गरिएको थियो ।
धरान खेलकुद मञ्चले आफूलाई सम्मानित गरेकोमा पूर्व राष्ट्रिय खेलाडी एवं कोच शाक्यले मनदेखि नै आभार प्रकट गर्दै यस महोत्सवले धरानको खेल यात्रालाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
खेलकुद महोसत्सव गरिरहँदा खेलाडीहरुले भने राज्यबाट सहयोग नपाएको गुनासो गरेका छन् । राज्यका लागि खेल्ने खेलाडीले आफ्नै लगानी गरेर खेल्नुपर्ने बाध्यता रहेको खेलाडीको भनाई छ ।
महोत्सवका अध्यक्ष किशोर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा धरानलाई खेलकुदका हरेक आयाममा सशक्त रूपमा अघि बढाउने संकल्प गरिएको थियो । महोत्सवबाट संकलित रकम धरान–१७ स्थित सप्तरंगी पार्कमा ‘खेलाडी स्मारक’ निर्माणमा लगानी गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार, खेलकुद संघ–संस्था र सरोकारवाला एकै ठाउँमा आउन सके धरानलाई खेलकुदमा आत्मनिर्भर सहरका रूपमा उभ्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा बोल्दै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले स्थानीय सरकार धरान उपमहानगरपालिकाले खेलकुदमा गरेको लगानी पर्याप्त नभए पनि उपमहानगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेको बताउनुभयो ।
उदघाटन समारोहमा विभिन्न खेलकुदका डेमो प्रदर्शन, सांस्कृतिक नृत्य, तथा विविध जातजातिका परम्परागत बाजागाजा प्रस्तुत गरिएको थियो । महोत्सवमा पूर्व–वर्तमान सर्वश्रेष्ठ खेलाडी तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय ओलम्पियनहरूले जितेका पदक, जर्सी र खेल सामग्री प्रदर्शनीका साथै वर्ष खेलाडी, प्रशिक्षक तथा लिजेन्ड खेलाडी सम्मान, फुटबलदेखि आर्चरीसम्मका थिम स्टल, आदिवासी परिकारका स्टल राखिएका छन् भने हरेक साँझ आकर्षक सांगीतिक तथा सांस्कृतिक कार्यक्रम जस्ता विशेष आकर्षणले महोत्सवलाई थप जीवन्त बनाएको छ ।
धरानमा पहिलो पटक आयोजना भएको यो महोत्सवले केवल खेलकुदको उत्सव मात्र होइन, धरानलाई खेलकुदको सहरको पहिचानतर्फ उन्मुख गराउने ऐतिहासिक कदमका रूपमा स्वतः स्थापित भएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन