one
विज्ञापन

नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं १ का उम्मेदवार सुजेन्द्र तामाङले धरानका विभिन्न वडाहरूमा आफ्नो घरदैलो अभियानमा

Article Image
Article Image
Article Image
Article Image

धरान । नेपाली कांग्रेसका तर्फबाट सुनसरी क्षेत्र नं. १ का उम्मेदवार सुजेन्द्र तामाङले धरानका विभिन्न वडाहरूमा आफ्नो घरदैलो अभियानलाई व्यापक बनाउनु भएको छ । युवा नेतृत्व र विकासको स्पष्ट कार्यदिशासहित जनताको घरदैलोमा पुग्नु भएका तामाङले धरानको समग्र रूपान्तरणका लागि आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

उम्मेदवार तामाङले आफ्नो चुनावी एजेन्डाको मुख्य आधार ’भिजन–१०’ लाई बनाउनु भएको छ । जसले सुशासन र समृद्धिको स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ । उहाँले प्रशासनमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्दै विकासका आयोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने वाचा गर्नुभएको छ ।
विशेषगरी युवा पुस्ता अर्थात् ’जेन–जी’को भावना र आवश्यकतालाई सम्बोधन गर्न उनीहरूको नवीन सोचलाई नीति निर्माणमा समेट्ने उहाँको योजना रहेको छ । स्वास्थ्य क्षेत्रको आमूल परिवर्तनका लागि उहँले ४१ बुँदे विशेष सुधार योजना अघि सार्नुभएको छ । जसमा गुणस्तरीय र सुलभ स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको छ । घरदैलोका क्रममा उहाँले धरानका वर्षौँदेखि थाती रहेका स्थानीय समस्याहरूलाई पहिचान गर्दै त्यसको दीर्घकालीन र वैज्ञानिक समाधानका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पार्नुभयो ।

धरानका मतदाताहरूले युवा र गतिशील उम्मेदवारका रूपमा तामाङप्रति उत्साहजनक समर्थन जनाइरहेका छन ्। स्पष्ट कार्ययोजना र जनताको प्रत्यक्ष सहभागितामा आधारित उहाँको चुनावी अभियानले आगामी निर्वाचनमा उनलाई एक सशक्त र प्रभावशाली उम्मेदवारको रूपमा स्थापित गरेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन