one
विज्ञापन

निर्वाचन सामग्रीको चुस्त व्यवस्थापन र ढुवानी मुख्य निर्वाचन कार्यालयबाट मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप, लाहा लगायत ६० भन्दा बढी प्रकारका सामग्रीहरू मतदान केन्द्रतर्फ पठाउने कार्य धमाधम

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनका लागि सुनसरीमा समेत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाले तयारीलाई तीव्रता दिएका छन् ।

निर्वाचन सामग्रीको चुस्त व्यवस्थापन र ढुवानी मुख्य निर्वाचन कार्यालयबाट मतदानका लागि आवश्यक मतपेटिका, मतपत्र, स्वस्तिक छाप, लाहा लगायत ६० भन्दा बढी प्रकारका सामग्रीहरू मतदान केन्द्रतर्फ पठाउने कार्य धमाधम भइरहेको छ । विगतका निर्वाचनको तुलनामा यसपटक सामग्री बुझ्ने प्रक्रियालाई थप व्यवस्थित बनाइएको छ । कर्मचारीहरूलाई लामो लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त गर्न ‘टोकन सिस्टम’ लागू गरिएको छ, जसले सामग्री रुजु गर्ने र बुझ्ने कार्यलाई सहज र छरितो बनाएको कर्मचारीहरूले बताएका छन् ।

एक मतदान केन्द्रमा ९१ जना मतदाता रहेको तथ्यांकसहित कुल १६१ वटा मतदान केन्द्रमा निर्वाचन टोली खटिने क्रम जारी छ । सबै मतदान केन्द्रमा आवश्यक जनशक्ति र सामग्री फागुन १९ गतेभित्रै पुग्ने गरी ढुवानी व्यवस्था मिलाइएको छ ।
त्रि–घेराको सुरक्षा रणनीति निर्वाचन सुरक्षाका लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएको छ। सुरक्षा व्यवस्थालाई तीन घेरामा विभाजन गरिएको छ। पहिलो घेरामा नेपाल प्रहरी (जनपथ), दोस्रो घेरामा सशस्त्र प्रहरी बल र बाहिरी घेरामा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।

सुरक्षा निकायका अनुसार कुनै पनि मतदान केन्द्रमा अप्रत्याशित घटना भएमा बढीमा १० मिनेटभित्र पुग्ने गरी क्यूआरटी ( र मोबाइल गस्ती टोली तयारी अवस्थामा राखिएको छ । मतदान केन्द्रको सुरक्षासँगै मतदाता तथा निर्वाचन कर्मचारीको आवतजावतलाई सुरक्षित बनाउन हवाई तथा स्थलगत अनुगमनको समेत व्यवस्था गरिएको छ ।
मानव अधिकार आयोग र नागरिक समाजको अनुगमन निर्वाचनको पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोलीले सूक्ष्म अनुगमन सुरु गरेको छ । विशेषगरी सुनसरी र उदयपुर लगायत जिल्लामा आयोगले निर्वाचनपूर्वको वातावरण, मतदाता शिक्षा तथा सुरक्षा संवेदनशीलताको अध्ययन गरिरहेको जनाएको छ ।
हालसम्मको अनुगमनका क्रममा मतदातामा कुनै प्रकारको डर, त्रास वा दबाब नरहेको र निर्वाचन वातावरण उत्साहजनक रहेको आयोगको ठहर छ । आयोगले निर्वाचनको दिन तथा मतगणनाको समयमा पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

मतदाता शिक्षा र कर्मचारीको तयारी निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई आवश्यक तालिम प्रदान गरी कार्यक्षेत्रमा पठाइएको छ । मतदान केन्द्रमा पुगेलगत्तै कर्मचारीहरूले सर्वदलीय बैठक आह्वान गर्ने, मतदान केन्द्र व्यवस्थापन गर्ने तथा मतदातालाई मतदान प्रक्रियाबारे आवश्यक जानकारी दिनेछन् ।
निर्वाचन कार्यालयले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि सहज पहुँच सुनिश्चित गर्न मतदान केन्द्रहरूलाई ‘अपाङ्गता मैत्री’ बनाउन निर्देशन दिएको छ ।
ाफागुन २१ गतेको निर्वाचनलाई सुनसरीले उत्सवका रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा भएको सम्बन्धित निकायले जनाएको छ । सुरक्षा निकायले मतदातालाई ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको छ । निर्वाचन सामग्रीको सुरक्षित ढुवानी र उच्च सुरक्षा सतर्कताले यसपटकको निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन