one
विज्ञापन

निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

धरान । सुनसरीमा समेत मतदान शुरु भइसकेको छ । सुनसरीका चारवटै क्षेत्रमा निर्वाचन शुरु भइसकेको निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । यसैबीच सुनसरीको क्षेत्र नं. १ मा समेत निर्वाचन शुरु भएको छ । विहानैदेखि मतदाताहरु उत्साही भएर भोट हाल्न लाइनमा बसेका छन ।

उमेद्वारहरु समेत उत्साहित हुदै आ आफ्नो निर्वाचन स्थलमा गएर मत हालिसकेका छन् । मतदान स्थलमा भोट हालिसकेपछि उनीहरुले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वास व्यक्त गरेका छन ।
सुनसरी जिल्ला क्षेत्र नं. १ मा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत आज बिहानैदेखि उत्साहजनक रूपमा मतदान सुरु भएको हो । विशेषगरी धरान का विभिन्न मतदान केन्द्रहरूमा मतदाताको उल्लेखनीय उपस्थिति देखिएको छ ।
निर्वाचन आयोगले तोकेको समयअनुसार बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु भएको हो । प्रारम्भिक अवस्थादेखि नै केन्द्रहरूमा मतदाताहरू लामबद्ध रूपमा उपस्थित भएका छन् । सुरक्षा निकायको बाक्लो परिचालनसँगै मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा अगाडि बढिरहेको स्थानीय प्रशासनले जनाएको छ । अहिलेसम्म कुनै अप्रिय घटना नभएको पनि प्रशासनको भनाइ छ ।
मतदाताहरुले मतदान कार्य सहज बनाउन सबै आवश्यक प्रबन्ध मिलाइएको बताएका छन् । वृद्धवृद्धा तथा अपाङ्गता भएका मतदाताका लागि विशेष प्राथमिकता दिइएको उनीहरुको भनाई छ ।

परिवेक्षक गोमा लिम्बुले अहिलेसम्मको अनुगमन सन्तोषजनक रहेको बताउँदै निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगले सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।

समग्रमा सुनसरी–१ मा मतदान कार्य शान्त, सुव्यवस्थित र उत्साहपूर्ण वातावरणमा जारी रहेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन प्रशासन, सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारीहरू सक्रिय रूपमा परिचालित भएको धरान १६ मतदान कन्द्रका अधिकृत देवकान्त चौधरीले बताउनुभयो ।

निर्वाचन कार्यालयका अनुसार क्षेत्र नं. १ मा १९ दलका र ७ स्वतन्त्र गरी २६ जना (२४ पुरुष, २ महिला) उम्मेदवार छन् । यहाँ १ लाख ५० हजार ३९३ मतदाता, ४१ मतदान स्थल र १६१ मतदान केन्द्र तोकिएका छन् । क्षेत्र नं. २ मा २८ जना (२० पुरुष, ८ महिला) उम्मेदवार प्रतिस्पर्धामा छन् भने १ लाख ५८ हजार ९१० मतदाता रहेका छन्। क्षेत्र नं. ३ मा २३ जना (१८ पुरुष, ५ महिला) उम्मेदवार छन् र १ लाख ३४ हजार ३०२ मतदाता छन्। क्षेत्र नं. ४ मा ३३ जना (२८ पुरुष, ५ महिला) उम्मेदवार छन् भने १ लाख ३७ हजार ३४० मतदाता रहेका छन्। यस क्षेत्रमा ४२ मतदान स्थल र १५० मतदान केन्द्र तोकिएका छन्।
जिल्लामा कुल मतदाता संख्या ५ लाख ८० हजार ९४५ पुगेको छ, जसमध्ये २ लाख ९४ हजार २५२ पुरुष, २ लाख ८६ हजार ६९१ महिला र २ जना तेस्रो लिंगी मतदाता रहेका छन् । २०७९ सालमा ४ लाख २१ हजार १५८ मतदाता रहेकोमा पछिल्लो तीन वर्षमा १८ वर्ष उमेर पुगेका १ लाख ५९ हजार ७८७ जना नयाँ मतदाता थपिएका हुन ्। यसपटक जिल्लामा १६७ मतदान स्थल कायम गरिएको छ ।
सुरक्षाको दृष्टिले १६७ मतदान स्थलमध्ये ५९ अति संवेदनशील, ६६ संवेदनशील र ४२ सामान्यको रूपमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। सीमावर्ती स्थानीय तह—बर्जु, हरिनगरा, देवानगञ्ज, कोशी र भोक्राहा नरसिंह गाउँपालिकाका मतदान स्थलहरू अति संवेदनशील सूचीमा राखिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार निर्वाचन सुरक्षाका लागि ३ हजार १ सय ४९ जना निर्वाचन प्रहरी परिचालित भएाक छन् ्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन गरी सीमा क्षेत्रमा गस्ती र निगरानी कडा पारिएको जनाइएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन