धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेज अफ नर्सिङ्गमा अत्याधुनिक नर्सिङ्ग स्किल्स ल्याब स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ । उक्त ल्याब सञ्चालनमा आएपछि नर्सिङ्ग शिक्षालाई अझ प्रभावकारी, व्यवहारमुखी तथा गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नर्सिङ्ग स्किल्स ल्याबको उद्घाटन प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले गर्नुभएको हो । नवनिर्मित स्किल्स ल्याबमा बिरामी हेरचाहसँग सम्बन्धित विभिन्न प्रायोगिक अभ्यासका सामग्रीहरू राखिएका छन् । ल्याबमा मानिसको अस्थिपञ्जर प्रणालीको मोडेल, म्यानिकिन, आधुनिक उपकरण तथा विभिन्न सिमुलेसन सामग्रीसहित नर्सिङ्ग केयरमा प्रयोग हुने आवश्यक उपकरणहरू उपलब्ध गराइएको छ ।
सो अवसरमा प्रस्तुतीमार्फत स्किल्स ल्याबको उद्देश्य, संरचना तथा उपयोगिताबारे विस्तृत जानकारी गराइएको थियो । नर्सिङ्ग शिक्षामा प्रायोगिक सीपको महत्व अत्यन्त महत्वपूर्ण हुने र स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग प्रत्यक्ष रूपमा काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ्ग प्रक्रिया तथा उपचार विधिहरू अभ्यास गर्ने अवसर पाउने बताइएको छ ।
नवनिर्मित स्किल्स ल्याबलाई प्रतिष्ठानको नर्सिङ्ग शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले भविष्यमा दक्ष जनशक्ति उत्पादनमार्फत स्वास्थ्य सेवाको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
नयाँ स्किल्स ल्याब स्थापना भएपछि हामीलाई नर्सिङ्गका विभिन्न प्रक्रिया अभ्यास गर्न निकै सहज भएको छ । वास्तविक बिरामीसँग काम गर्नुअघि सुरक्षित वातावरणमा सिक्ने अवसर पाउँदा आत्मविश्वास पनि बढेको छ । यसले सिकाइलाई अझ व्यवहारिक बनाएको महसुस गरिएको छ ।
स्किल्स ल्याबले नर्सिङ्ग शिक्षालाई केवल सैद्धान्तिक नभई पूर्ण रूपमा व्यवहारमुखी बनाउन मद्दत गर्छ । विद्यार्थीहरूले यहाँ विभिन्न नर्सिङ्ग प्रक्रिया सिमुलेसनमार्फत अभ्यास गर्न पाउँदा उनीहरूको सीप विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आधुनिक उपकरणसहितको स्किल्स ल्याब स्थापना हुनु नर्सिङ्ग शिक्षाका लागि महत्वपूर्ण उपलब्धि हो । यसबाट विद्यार्थीहरूले आधारभूतदेखि उन्नत स्तरसम्मका नर्सिङ्ग सीपहरू व्यवस्थित रूपमा अभ्यास गर्ने अवसर पाउँछन्, जसले भविष्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम जनशक्ति तयार पार्ने अपेक्षा गरिएको छ ।
नर्सिङ्ग शिक्षामा प्रायोगिक सीप अत्यन्त महत्वपूर्ण हुन्छ । स्किल्स ल्याबमार्फत विद्यार्थीहरूले वास्तविक बिरामीसँग काम गर्नुअघि सुरक्षित वातावरणमा विभिन्न नर्सिङ्ग प्रक्रिया अभ्यास गर्न पाउने भएकाले यसले उनीहरूको आत्मविश्वास र दक्षता दुवै बढाउनेछ । सिमुलेसन–आधारित अभ्यासले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै बिरामी सुरक्षालाई थप सुनिश्चित गर्न सहयोग पु¥याउँछ । यसले नर्सिङ्ग शिक्षालाई व्यवहारमुखी बनाउँदै दक्ष र सक्षम नर्स उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।