धरान । धरानस्थित बुढासुब्बा मन्दिर पछिल्लो समय देश–विदेशका भक्तजनहरूको प्रमुख आस्थाको केन्द्रविन्दु बन्दै गएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साथै भारतबाट समेत भक्तजनहरू यहाँ दर्शनका लागि आउने गरेका छन् ।
धरानको शीरमा अवस्थित यस मन्दिरसँगै छेउमै रहेको बुढा सुव्बेनी (गौरेनी माता) मन्दिर तथा चारैतिर पहाडले घेरिएको प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने भक्तजनहरूको संख्या निरन्तर बढ्दो छ । दैनिक २ देखि ३ हजारसम्म दर्शनार्थी आउने गरेका छन् भने शनिबार र चाडपर्वमा यो संख्या अझै बढ्ने गर्दछ ।
भक्तजनहरूका अनुभव पनि उत्साहजनक छन् । हेटौंडाका शंकर पोख्रेलले बुढासुब्बाको दर्शनले मनमा शान्ति मिलेको र स्थान अत्यन्त अद्भुत लागेको बताउनुभयो ।
एक पटक आउने् भक्तजन पटक पटक बुढासुब्बा मन्दिरमा दर्शनका लागि आउने गर्छन् । तर पहिलो चोटी हेटौडाबाट नै आउनु भएकी शमिला निरौलाले समेत अत्यन्त खुसी लागेको र यहाँको वातावरणले बारम्बार आउन मन लाग्ने बताउनुभयो ।
यस्तै हेटौडाबाट नै सबै समूह बनाएर बुढासुब्बा दर्शनकै लागि आउनु भएका निरुपा खरेल मैनाली र उर्मिला बुढाटोकीले धार्मिक तथा पर्यटकीय दृष्टिले यो स्थान नेपालकै अमूल्य सम्पत्ति भएको उल्लेख गदै्र्र सबैले एकपटक दर्शन गर्नैपर्ने र व्यवस्थापन पनि राम्रो रहेको प्रतिक्रिया दिएका छन्् ।
यस मन्दिरसँग विभिन्न किम्बदन्तीहरू पनि जोडिएका छन् । एउटा मान्यताअनुसार बुढासुब्बाले गुलेलीले हानेर बाँसको टुप्पा भाँचिदिएको कारण यहाँका बाँसहरू टुप्पोविहीन छन् । अर्को कथाअनुसार भगवान शिव र पार्वती किरात राजा–रानीको भेषमा यहाँ आई तपस्या गरेको बताइन्छ ।
पहिला प्रेमी–प्रेमिकाहरूले बाँसमा नाम लेख्ने चलन भए पनि संरक्षणका लागि अहिले रोक लगाइएको छ । यसको सट्टा बाँसमा धागो बाँध्ने परम्परा कायम छ, जसले प्रेम सफल हुने विश्वास गरिन्छ ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र ऐतिहासिक महत्वको संगमका रूपमा बुढासुब्बा क्षेत्र आज धरान मात्र नभई सम्पूर्ण नेपालको गौरवको प्रतीकका रूपमा स्थापित हुँदै गएको छ ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।