one
विज्ञापन

दोषीभन्दा पनि निर्दोष व्यवसायीहरुलाई धरपकड गर्ने काम प्रहरी प्रशासनले गरेको बताउदै पहिचान गरेर मात्र व्यवसायीहरुमाथि कारबाही अगाडि बढाउनुपर्नेमा जोड

Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । औषधि व्यवसाय केवल व्यापार मात्र होइन, नागरिकको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको सेवा क्षेत्र पनि हो । तर पछिल्ला केही वर्षयता नीतिगत जटिलता, प्रशासनिक प्रक्रियाको झन्झट, घट्दो नाफा, म्याद सकिएका औषधिको व्यवस्थापन र अस्वस्थ बजार प्रतिस्पर्धाले औषधि व्यवसायीहरूलाई गम्भीर दबाबमा पारेको छ । यिनै चुनौतीहरूको सामूहिक समाधान खोज्ने उद्देश्यले नेपाल औषधि व्यवसायी संघ सुनसरी जिल्ला शाखाले धरानमा बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

“व्यावसायिक एकता, हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित धरान–१८ बुद्धचोकस्थित विमल पुस्तकालयमा सम्पन्न कार्यक्रममा जिल्लाभरका औषधि व्यवसायी, फार्मेसिस्ट तथा वितरकहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा सहभागीहरूले दैनिक व्यवसाय सञ्चालनका क्रममा भोगिरहेका समस्या मात्र होइन, औषधि क्षेत्रको समग्र सुधारका लागि आवश्यक नीतिगत परिवर्तनबारे समेत खुला रूपमा धारणा राखे ।
छलफलको केन्द्रमा औषधि व्यवस्था विभागको अनुगमन शैली, दर्ता तथा नवीकरण प्रक्रियामा हुने ढिलाइ, म्याद गुज्रिएका औषधि फिर्ता गर्ने व्यवस्थाको कमजोरी, घट्दो नाफा मार्जिन र बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धा रहेका थिए । व्यवसायीहरूको भनाइमा यी समस्याले औषधि पसल सञ्चालन झन् कठिन बन्दै गएको छ र्। संघका अध्यक्ष वीरेन्द्र साहले औषधि व्यवसायीलाई गत असार २३ गते प्रशासनले व्यवसायीलाई धरपकड गरेकोप्रति रुष्ट व्यक्त गर्नुभयो । उहाँले सरकारीपक्षले विना आधार धरपकड गर्ने, थुनामा राख्ने जस्ता कुराले व्यवसायीको मनोबल गिरेको बताउनुभयो ।

संघका महासचिव नविनराज गौतमले औषधि व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग बढाउन तथा कानुनी सचेतना र व्यवसायिक दक्षता अभिवृद्धिका लागि नियमित तालिम सञ्चालन गरिने जानकारी दिनुभयो । औषधि व्यवसायीका आधारमा केही व्यवसायीहरुले गैरकानुनी काम गरेको भएपनि दोषी भन्दा पनि निर्दोष व्यक्तिलाई कारबाही गर्ने काम गरेको बताउनुभयो ।

संघकी सदस्य उमा दाहालले दोषीभन्दा पनि निर्दोष व्यवसायीहरुलाई धरपकड गर्ने काम प्रहरी प्रशासनले गरेको बताउदै पहिचान गरेर मात्र व्यवसायीहरुमाथि कारबाही अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

छलफलका क्रममा औषधि व्यवसायीहरूले भोगिरहेका समस्या व्यक्तिगत नभई समग्र क्षेत्रसँग सम्बन्धित साझा चुनौती भएको सन्देश प्रवाह गरेका थिए । उनीहरुले राज्य, नियामक निकाय, उत्पादक कम्पनी र व्यवसायीबीच समन्वय र विश्वासको वातावरण निर्माण हुन सके मात्र औषधि क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित र दिगो बनाउन बताउदै यही उद्देश्यसहित व्यावसायिक एकतालाई थप सुदृढ बनाउँदै नीतिगत सुधारका लागि संगठित पहल जारी राख्ने प्रतिबद्धतासमेत कार्यक्रममार्फत व्यक्त गरिएको जनाएका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन