one
विज्ञापन

विकट वडाको रुपमा रहेको ५ नं. वडामै पुगेर क्लोथ फाउन्डेशन धरानले विपन्न परिवारलाई झुल तथा आवश्यक पर्ने कवडा वितरण....

Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image
Article Image

धरान । धरान उपमहानगरपालिकाको विकट वडाको रुपमा रहेको ५ नं. वडा कार्यालयमै पुगेर क्लोथ फाउन्डेशन धरानले विपन्न परिवारलाई झुल तथा आवश्यक पर्ने कवडा वितरण गरेको छ । वडा कार्यालयमै फाउन्डेशनले झुल तथा कपडा वितरण गरेको हो ।

धरान उपमहानगरपालिका–५ को खोप केन्द्र परिसर शनिबार बिहानदेखि केही फरक दृश्यले भरिएको थियो । दैनिक ज्यालादारी गरेर जीविका चलाउने, आर्थिक अभावका कारण आधारभूत आवश्यकतासमेत सहज रूपमा पूरा गर्न नसक्ने परिवारहरू एक–एक गर्दै कार्यक्रमस्थलमा पुगिरहेका थिए ।
क्लोथ फाउण्डेशन धरानकोे आयोजनामा धरान–५ का ५० विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारलाई निःशुल्क झुल र लत्ताकपडा वितरण गरियो । डेंगु, मलेरिया लगायत लामखुट्टेजन्य रोगको जोखिम बढिरहेका बेला विपन्न समुदायलाई सुरक्षित राख्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले स्वास्थ्य सुरक्षा र मानवीय सेवाको सन्देश एकसाथ दिएको छ ।
कार्यक्रममा सहभागी परिवारहरूले आफ्नो आवश्यकता अनुसारका कपडा छनोट गर्नुका साथै लामखुट्टे नियन्त्रणका लागि झुल पनि प्राप्त गरे । आर्थिक अभावका कारण झुल खरिद गर्न नसक्ने धेरै परिवारका लागि यो सहयोग उपयोगी बनेको स्थानीयले बताएका छन् । विशेषगरी गर्मी र वर्षायाममा लामखुट्टेको प्रकोप बढ्ने भएकाले यस्तो सहयोगले डेंगु तथा मलेरिया जस्ता रोगबाट जोगिन प्रत्यक्ष टेवा पुग्ने विश्वास गरिएको छ । सहयोग प्राप्त गरेपछि लाभग्राहीहरूको अनुहारमा खुसी स्पष्ट देखिन्थ्यो उनीहरुले वितरण गर्ने संस्थालाई धन्यवाद दिए ।

सो अवसरमा धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले क्लोथ फाउण्डेशनको सामाजिक उत्तरदायित्वप्रति प्रशंसा गर्नुभयो । उहाले संस्थाले अहिले झुल र कपडा वितरण मात्र नभई विगतदेखि नै विद्यालयका विद्यार्थीलाई कापी–कलम, शैक्षिक सामग्री तथा खेलकुद सामग्री उपलब्ध गराउँदै आएको आएको बताउनुभयो ।

क्लोथ फाउण्डेशन धरानले शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको जनाएको छ । संस्थाले धरान तथा आसपासका दुर्गम र विपन्न बस्तीमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री तथा स्वास्थ्यसँग सम्बन्धित सामग्री वितरण गर्दै समुदायसँगको सहकार्यलाई विस्तार गरिरहेको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन