one
विज्ञापन

एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व जनै पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको.......

Article Image
Article Image
Article Image

जनै पूर्णिमा हिन्दू धर्मावलम्बीहरूको एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई विभिन्न समुदाय र परम्परामा ऋषितर्पणी, रक्षाबन्धन, जनै पूर्णिमा, गुंपुन्हि तथा ब्याचा नकेगु पुन्ही आदि नामले चिनिन्छ। एउटै तिथिमा मनाइने भए पनि यस पर्वसँग जोडिएका धार्मिक, सांस्कृतिक, सामाजिक र कृषि जीवनका परम्पराहरू समुदायअनुसार फरक–फरक छन्। यही विविधताले जनै पूर्णिमालाई नेपाली समाजको बहुआयामिक पर्व बनाएको छ।

जनै पूर्णिमाका दिन विशेषगरी तागाधारी समुदायका पुरुषहरू नदी, तलाउ वा तीर्थस्थलमा गई स्नान गरी विधिपूर्वक नयाँ जनै अर्थात् यज्ञोपवीत धारण गर्छन्। यस दिन ऋषिहरूको स्मरण तथा तर्पण गर्ने भएकाले यसलाई ऋषितर्पणी पनि भनिन्छ। वैदिक परम्पराअनुसार नयाँ जनै धारण गर्नु आत्मशुद्धि, कर्तव्यबोध र धार्मिक अनुशासनको प्रतीक मानिन्छ। यस अवसरमा पुरोहितबाट मन्त्र उच्चारण गरी यजमानको हातमा रक्षासूत्र अर्थात् डोरो बाँध्ने चलन पनि छ। सामान्यतया पहेँलो, रातो वा विभिन्न रङका धागोबाट बनेको रक्षासूत्र बाँधिन्छ र पुरोहितलाई दक्षिणा दिने गरिन्छ। रक्षासूत्रले विपत्ति, रोग तथा नकारात्मक प्रभावबाट रक्षा गर्ने धार्मिक विश्वास पाइन्छ .

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
0
विज्ञापन
three
विज्ञापन