काठमाडौं ।
नेकपा एमालेले भोटेकोशी बाढी प्रभावित क्षेत्रका पीडितका लागि घोषणा गरेको १ करोड २० लाख रुपैयाँ राहत सरकारी कोषमा जम्मा नगरी पार्टीकै राहत कोषमार्फत वितरण गर्ने भएको छ ।
सोमबार एमालेले बाढी तथा पहिरो प्रभावितका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । तर, उक्त रकम सोझै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला नगरी पार्टीको केन्द्रीय राहत कोषमार्फत केन्द्र तथा आवश्यकताअनुसार स्थानीय तहलाई उपलब्ध गराउने एमाले महासचिव शंकर पोखरेलले बताएका छन् ।
पोखरेलका अनुसार प्रदेश अध्यक्ष र इन्चार्जहरूको नेतृत्वमा पार्टीले बाढीपीडितका लागि राहत अभियान सञ्चालन गर्नेछ । पार्टीका विभिन्न तहबाट संकलन भएको सहयोग केन्द्रीय राहत कोषमा जम्मा गरी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार पठाइनेछ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएको एमाले टोलीले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा विपद् प्रभावित क्षेत्रमा देखिएको वास्तविक अवस्था र सरकारी संयन्त्रबाट भएको राहत तथा उद्धारबीच फरक रहेको निष्कर्ष निकालिएको एमालेले जनाएको छ ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले पनि सरकारी संयन्त्रमार्फत राहत वितरण प्रभावकारी नभएको भन्दै पार्टीको केन्द्रीय कमान्डमा राहत तथा पुनर्निर्माण अभियान सञ्चालन गर्ने बताए ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।