one
विज्ञापन

पर्यटकीय गन्तब्य स्थल शिवजट्टा बाटोघाटो असुविधा र आवश्यक प्रचार प्रसारको अभाव, स्थानीय सरकारले चासो दिएको पाईदैन ।

Article Image
Article Image
Article Image

शिवजट्टा
पर्यटकीय गन्तब्य स्थल शिवजट्टा बाटोघाटो असुविधा र आवश्यक प्रचार प्रसारको अभाव, स्थानीय सरकारले चासो दिएको पाईदैन ।
विजयपुर र प्रदेश १ का आकर्षक गन्तव्य स्थलको प्रचार प्रसार गर्दै आन्तरिक तथा वाह्य पर्यटक भित्रयाउने प्रदेश सरकारको योजना भएपनि आझेलमा परेका तर आकर्षक स्थलको प्रचार प्रसारमा खासै ध्यान दिन सकेको छैन ।
धनकुटाको भेडेटारमा रहको नमस्ते झरनामा पर्यटकहरुको आगमन बाक्लिँदा धरानको छेउमा रहेको उही प्रकृतिको शिवजट्टामा भने पर्यटक नै पुग्दैनन् । यसको प्रमुख कारण हो त्यहाँसम्म पुग्ने बाटोघाटो असुविधा र आवश्यक प्रचार प्रसारको अभाव । स्थानीय सरकारले पनि यहा पर्यटकहरु पु¥याउन खासै चासो दिएको पाईदैन । धरान उपमहानगरको वडा नम्बर ४ को अर्को पर्यटकीय गन्तब्य हो शिवजट्टा झरना । यो धरानको भानु चोकबाट ७ कि.मी.उत्तरमा रहेको छ । यातायातको असुविधा भएपनि धार्मिक आस्था समेत बोकेको शिवजट्टामा आन्तरिक पर्यटकहरु आउने आकर्षणको केन्द हो । छेउमा शिवमन्दिर रहेको यस झरनालाई शिवको जट्टाबाट पानी बगेका कारण यसको महत्व धेरै रहेको धार्मिक किंवदन्ती छ । काठमाडौंको पशुपति क्षेत्र जस्तै शिवजट्टामा शिवालयको महत्व रहेको पुजारीको दाबी छ ।
धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार हिन्दूका आराध्यदेव शिवले सतीदेवीको शव बोकेर भौतारिदैं हिँड्दै गएको अवस्थामा विस्तारै सतीदेवीको शरीरको सबै अंंगपतन भइसकेपछि शिवजीको चेत खुल््दाँ आफ्नो शरीर ज्यादै फोहोर पाए पछि यही शिवजट्टाको झरनामा नुहाएको किंवदन्ती छ । नुहाउने क्रममा शिवको जट्टा त्यस ठाउँमा झरेकाले नै यसलाई शिवजट्टा भनिन थालिएको स्थानीय पूजारी इन्द्रमान चाम्लिङ राई बताउनु हुन्छ । शिवजट्टालाई शिवबास बसेकाले शिवकुण्ड पनि भनिने गरिएको यो झरनामा धार्मिक हिसाबले पनि महत्वका साथ हेरिने गरिएको छ । साउन महिनामा यो झरनामा नुहाउँदा रोगव्याधी हरण हुने विश्वास गरिन्छ ।
कच्ची बाटोबाट मुस्किलले टेम्पो, दुई पांग्रे सवारी साधन पुग्ने यस ठाउँंमा यातायातको सुविधा मात्र पुग्न सके पर्यटन आगमनमा बृद्धि हुने र स्थानीयहरुको समेत रोजगारी बढ्ने प्रचुर सम्भावना छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
3
विज्ञापन
three
विज्ञापन