धरान । महिला फुटबलको प्रवद्र्धन गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्ने अभिप्रायले गतबर्षदेखि शुरुभएको वडास्तरीय महिला नकआउट रनिङ फुटबल प्रतियोगिताले यस बर्ष पनि निरन्तता पाएको छ । नेपाली महिला फुटबल खेलको सफलतालाई मध्यनजर गरी गतबर्षदेखि धरानमा महिला स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो ।
समाजमा रहेका विभिन्न कुरीति, विकृति हटाउँदै स्वस्थ, स्वच्छ र सृजनशील समाज निर्माणमा सक्रिय धरान–१६ स्थित जनपथ जागरण समाजले दोस्रो पटक धरान वडा स्तरीय महिला नकआउट रनिङ कप फुटबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको हो । समाजसेवा र सकारात्मक सोचका साथ निरन्तर रूपमा क्रियाशील यस संस्थाले विगतमा युवाहरूमाझ लागुपदार्थ दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि सहयोग, पिछडिएका परिवारहरूलाई राहत वितरण, रक्तदानजस्ता विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले समाज र देशका लागि जिम्मेवार नागरिक तयार पार्ने उद्देश्यसहित स्थानीय युवाहरूलाई सामुहिक रूपमा सृजनशील कार्यमा संलग्न गराउँदै आएको छ । क्लबवलाई स्थानीय सरकार र विभिन्न संघ संस्थाले सहयोग प्रदान जनपथ जागर समाजका अध्यक्ष सुजन केसीले जानकारी दिए ।
धरानलाई खेलकुदको सहरका रूपमा विकास गर्ने कोशी प्रदेश सरकारको घोषणालाई आत्मसात गर्दै जनपथ जागरण समाजले महिलामार्फत खेलकुदको विकास गर्ने लक्ष्यसहित महिला फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको हो । संस्थाले २०८१ सालदेखि सुरु गरेको यो अभियानले स्थानीय स्तरका महिला फुटबल खेलाडीलाई प्रशिक्षण र प्रतियोगितामार्फत उन्नत स्तरमा पु¥याउने उद्देश्य लिएको छ । महिला फुटबलको भविष्य उज्जवल देखेरै वडाले समेत युवाहरुको कामलाई साथ सहयोग गरेको धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले बताए ।
प्रतियोगिता धरान–१६ स्थित धरान रंगशालामा आगामी मंसिर १८ गतेदेखि आयोजना हुने भएको हो । प्रतियोगिताको संयोजन धरान–१६ वडा कार्यालयले गरेको छ भने प्रतियोगितामा धरानका विभिन्न वडाका टिमहरूले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता सञ्चालनका लागि अनुमानित रु ११ लाख ५५ हजार खर्च हुने जनाइएको छ । त्यसमा खेलमैदान तयारी, ट्रफी, मञ्च व्यवस्थापन, प्रचार–प्रसार, रेफ्री र खेलाडी व्यवस्थापन, साउण्ड सिस्टम, मेडिकल सेवा, यातायात र विविध शीर्षकका खर्च समावेश गरिएको छ । प्रतियोगिताको विजेताले ९० हजार र उपविजेताले ४५ हजार सहित ट्रफी, मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सबैको साथ सहयोग पाएको यो प्रतियोगिता महिला फुटबल खेलाडी उत्पादनमा कोशेढुंगा सावित हुने सबैले विश्वास लिएका छन् ।

प्रतिक्रियाहरू (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।